समाचार

    Showing 1,041-1,050 of 18,284 items.
  • मकवानपुरमा ठूलो परिमाणको गाँजा खेती फडानी

    मकवानपुर— मकवानपुर जिल्लाका विभिन्न बिकट क्षेत्रमा अबैध रूपमा गरिएको गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी बल नेपाल नं १४ गण हेटौंडाबाट खटिएको संयुक्त १०२ जनाको टोलीले चार दिनसम्म सञ्चालन गरिएको विशेष अभियानमार्फत ठूलो परिमाणमा गाँजा खेती नष्ट गरेको हो ।प्रहरीका अनुसार राक्सीराङ गाउँपालिकाका चिसापानी, बेल्टार, टेम्टा, गोरेटार, देबुटार, कैलाश गाउँपालिकाका सातकन्या, खैरेनी, जोईटी तथा भिमफेदी गाउँपालिकाका भदौरे र ज्यार्बु क्षेत्रका विभिन्न वडामा फडानी कार्य गरिएको हो।उक्त अभियानका क्रममा करिब ३० बिगाहा १० कठ्ठा जमिनमा लगाइएका गाँजाका बोट तथा

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 371 पटक पढिएको
  • ट्राफिक नियमको संदेश प्रसारका लागि नगर प्रहरी प्रमुख हाछेथुद्वारा ट्याटू पुर्न लेखन

    काठमाडौं— ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले आफ्नो बायाँ हातमा खोपिएको ‘ट्राफिक नियम पालना गरौ’ भन्ने ट्याटू पुर्न लेखन गरेका छन् । जेनजी आन्दोलनपछि दिन प्रतिदिन सवारी दुर्घटना बढ्न थालेकोले भन्दै उनले ट्राफिक नियम पालना ट्राफिक प्रहरीको लागि नभइ आफ्नो लागि भएको महसुस गराउन ट्याटू पुर्न लेखन गरेको बताए । जेनजी आन्दोलनकाक्रममा ट्राफिक प्रहरी कार्यालयमा आगलागी गरेपछि ट्राफिक नियम पालना नगरे पनि हुन्छ भन्ने गलत सोचका कारण दिन प्रतिदिन सवारी दुर्घटना पर्न थालेको उनले भनाई छ ।  २९ वर्ष ट्राफिक प्रहरीमा रहेर सेवा गरेका हाछेथु हाल ललितपुर महानगरपालिकाको नगर

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 391 पटक पढिएको
  • चन्द्रागिरि केबलकार तथा रिसोर्ट पुनः सञ्चालनमा

    काठमाडौं— चन्द्रागिरि केबलकार तथा रिसोर्ट शनिवार बिहानदेखि पुनः सञ्चालनमा आउने आएको छ । चन्द्रागिरि हिल्सको सेवा ६० दिनअघि अस्थायी रूपमा बन्द भएको थियो ।केबलकार सेवा पुनः सुचारु भएपछि नेपालकै उत्कृष्ट पर्यटकीय तथा धार्मिक गन्तव्य भालेश्वर महादेव मन्दिर दर्शन गर्न भक्तजनहरूलाई सहज हुने छ भने पर्यटकहरूले रिसोर्टको आतिथ्य तथा अन्य सेवाहरु प्राप्त गर्न सक्ने छन् ।गत भदौ २४ गते भएको तोडफोडका कारण केबलकार बटम स्टेसनमा पूर्णरुपमा क्षति पुगेपछि चन्द्रागिरि केबलकार तथा रिसोर्टको सेवा अवरुद्ध भएको थियो । त्यसयता चन्द्रागिरि हिल्सले केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयरका उच्च प्राविधिक बोलाइ आवश्

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 379 पटक पढिएको
  • मधुमेह, मोटोपना र दिर्घरोग लागेकालाई अमेरीकाले भिसा नदिने

    काठमाडौं— अमेरिकाले अब देखि मधुमेह, मोटोपनाजस्ता स्वास्थ्य समस्या भएका विदेशी नागरिकलाई भिसा अस्वीकार गर्न सकिने व्यवस्था लागू गरेको छ । ट्रम्प प्रशासनले नयाँ निर्देशन जारी गरी अमेरिका प्रवेशमा थप कडाइ गर्दै यस्तो व्यवस्था लागु गरेको हो ।सीबीएस न्युजका अनुसार यो निर्देशन अमेरिकी विदेश मन्त्रालयले दूतावास तथा वाणिज्य दूतावासहरूलाई पठाएको हो । निर्देशनमा भिसा आवेदकले ‘पब्लिक चार्ज’ अर्थात् सरकारको आर्थिक बोझ बन्न सक्ने सम्भावना देखिएमा उनीहरूलाई अयोग्य मान्न अधिकारीहरूलाई सुझाइएको छ ।निर्देशनमा भनिएको छ,‘आवेदकको स्वास्थ्य अनिवार्य रूपमा विचार गर्नुपर्छ । कार्डियोभास्कुलर रोग, श्वासप्रश्वाससम्बन्

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 389 पटक पढिएको
  • आज विश्वासको मत लिँदै मुख्यमन्त्री सोनल

    जनकपुर— मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले आज विश्वासको मत लिने भएका छन् । ५ दलका ५६ जना प्रदेशसभा सदस्यहरूको सर्मथनमा सोनल गत असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेपालको संविधानको धारा १६८को उपधारा (४) बमोजिम आज (शनिबार) बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् । १०७ सदस्यीय प्रदेशसभामा हाल १०४ जना सदस्य कायम रहेका छन् ।संविधानअनुसार विश्वासको मतका लागि प्रदेशसभामा कायम सदस्यको बहुमत अर्थात् कम्तीमा ५३ मत आवश्यक हुन्छ । मुख्यमन्त्री सोनलसंग जसपा नेपालका १८ जना, जनमत पार्टीका ११ जना, माओवादी केन्द्रका ९ जना, लोसपाका ८ जना, नेकपा एसका ७ जना

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 360 पटक पढिएको
  • बिहार राज्यमा चुनाव : नेपाल–भारत सीमा नाका बन्द हुने

    रौतहट— भारतको बिहार राज्यमा हुने दोश्रो चरणको विधानसभा निर्वाचनका लागी रौतहटको नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ ।जिल्ला प्रशासन कार्यलय रौतहटले शुक्रबार एक सूचना जारी गर्दै कात्तिक २२ गते साँझ ६ बजे देखि २५ गते ६ बजे सम्म नेपाल–भारत सीमा नाका बन्द हुने जानकारी गराएको हो ।भारतको बिहार राज्य सितामढी तथा पुर्वी चम्पारणका जिल्लामा कात्तिक २५ गते दोश्रो चरणको विधानसभा निर्वाचन हुन लागेकाले शान्ति सुरक्षा व्यवस्थापनका लागी सीमा नाका बन्द हुने रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए । उनका अनुसार नेपाल–भारत सीमा नाकामा आकस्मिक सेवा बाहेक आवागमन पुर्णः रुपमा बन्द हुनेछ । &

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 381 पटक पढिएको
  • सगरमाथा आरोही किरण पि.सीलाई तरुण अध्यक्ष गुरुङद्वारा सम्मान

    काठमाडौं— विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीका किरण पि.सी.लाई नेपाली काँग्रेसका नेताहरुले सम्मान गरेका छन् । इतिहासमा पर्वत जिल्लाको नागरिककोतर्फबाट पहिलो पटक सगरमाथाको सफल आरोहण गरेको खुसीयालीमा उनलाई उनकै निवासमा नै पुगी सम्मान गरिएको हो । सो सम्मान कार्यक्रमलाई बोल्दै नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङले अदम्य सहास बोकेका किरणको सफल आरोहणको प्रशंसा गरे । भारतीय सेनामा कार्यरत किरणको आरोहणले पर्वत जिल्लाको मात्रै नाम उच्च नबनेर हरेक नेपाली साहासी हुन्छन भन्ने सन्देश भारतीय सेनामा पनि फैलाएको उनको भनाई छ । अर

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 352 पटक पढिएको
  • आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न आह्वान गरेकी छन् ।प्रधानमन्त्री कार्कीले भिडियो सन्देश दिँदै आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि विवेकको मत प्रयोग गर्न आह्वान गरेकी हुन् ।उनले भिडियो सन्देश  जारी गर्दै  भनेकी  छन्, ‘जेनजी युवा र समस्त नेपालीको सपनाको नेपाललाई यथार्थको नेपाल बनाउन, सबैभन्दा पहिला तपाईँ–हामीले हाम्रो मतदाता परिचयपत्र बनाउनुपर्छ । अनि त्यसको सही उपयोग गरेर सही प्रतिनिधि छान्नुपर्छ ।’प्रधानमन्त्री कार्कीले विद्यमान बेथितिसँग लड्न र देश विकासमा

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 396 पटक पढिएको
  • नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्युु

    काठमाण्डौ  ।  कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु भएको छ।  शुक्रबार २ः५८ बजे काठमाडौँ मेडिकल कलेज उनको मृत्यु भएको हो।पछिल्लो समय उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। मुटुमा समस्या देखिएपछि आलमलाई अस्पताल भर्ना गरिएको थियो। गत जेठमा नक्खु कारागारबाट छुटे लगतै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो। त्यतिबेला माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइएको थियो। उनको शव अन्तिम दाहसंस्कारका लागि रौतहटको राजपुरतर्फ लगिसकिएको सुरक्ष स्रोतले जनाएको छ। २०६४ सालको निर्वाचनको तयारी गरिरहँदा बम विस्फोट भएका घाइतेलाई जिउँदै इट्टाभट्टामा जलाएको आरोप आलममाथि थियो। उक्त अभि

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 253 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार  हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका केहि स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । राति कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 220 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा