समाज

    Showing 1,261-1,270 of 6,587 items.
  • उपकुलपति नियुक्ति प्रक्रिया ठप्प, दुई पटकको सूचनामा पनि दरखास्त परेन

    काठमाडौं— सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया लगातार दोस्रोपटक पनि रोकिएको छ। सिफारिस समितिले दुई चरणमा सूचना जारी गरे पनि एक जनाले पनि दरखास्त नदिएको विश्वविद्यालयले जनाएको छ।समितिले पहिलोपटक कात्तिक १६ देखि ३० गतेसम्म आवेदन मागेको थियो। इच्छुक नआएपछि पुनः समय थप गर्दै मंसिर ५ गते सम्मको म्यादमा पनि कुनै निवेदन परेको छैन।यसपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले खुला आह्वान गर्दै स्वास्थ्य क्षेत्रमा प्राध्यापक तहसम्म काम गरेको, विद्यावारिधी प्राप्त तथा योग्यता पुगेका इच्छुक व्यक्तिहरूलाई निवेदन दिन आग्रह गरेका छन्। “दुई पटकको विज्ञापनमा पनि

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 398 पटक पढिएको
  • जनकपुरधाममा महिला हत्या, हिंसाविरुद्ध खबरदारी र्याली

    जनकपुर— जनकपुरधाममा महिला/मानव अधिकार रक्षकहरुले महिला हत्या/हिंसा विरुद्ध र्याली निकालेका छन् ।शुक्रबार जनकपुरधामको रामानन्द चोकबाट निकालिएको र्याली नगरको विभिन्न चोक हुँदै जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि पुगेर कोण सभामा परिणत भएको छ ।’पानामा मात्र होइन् व्यवहारमा कानुन लागू गर, महिला हत्या हिंसा बन्द गर’ भन्ने नाराका साथ महिला अधिकारकर्मीहरले उक्त ¥याली निकालेका हुन ।कोण सभामा महिला अधिकारकर्मीहरुले महिलामाथी समाजमा हुँदै आएका विभिन्न घटनाहरुको निश्पक्ष छानविन गर्न सम्बन्धित निकायहरुलाई सजग गराएका छन् । महिलामाथि हुने हत्या/हिंसाका घटनामा प्रहरीद्वारा स्वच्छ र निश्पक्ष अनुसन्धान होस,

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 389 पटक पढिएको
  • हनुमाननगर कंकालिनीमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न, ७५७ जनाले सेवा प्राप्त

    सप्तरी— सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित कंकालिनी मन्दिर प्राङ्गणमा आयोजित एक दिने निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। सोसल लाइफ सेन्टर सप्तरी नेपाल र हनुमाननगर कंकालिनी नगरपालिकाको संयुक्त आयोजनामा गरिएको शिविरमा ४५७ महिला र ३०० पुरुष गरी कुल ७५७ जनाले आँखा परीक्षण गराएका नगरप्रमुख विरेन्द्र माझीले जानकारी दिए।शिविरमा १५० देखि २०० जनासम्म सेवा दिने लक्ष्य राखिए पनि अपेक्षाभन्दा धेरै बढी नागरिक उपस्थित भएपछि साँझसम्म ७५७ जनाले सेवा लिन सफल भएका थिए। तीमध्ये ११३ जनामा मोतियाविन्दु देखा परेको र उनीहरूको निःशुल्क शल्यक्रिया गरिने नगरप्रमुख माझीले बताए।शिविरमा चौ

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 377 पटक पढिएको
  • सरकारी विद्यालयको सम्पत्ति दुरुपयोग रोक्न सर्वोच्चको आदेश

    काठमाण्डौं— सर्वोच्च अदालतले सरकारी विद्यालयको सम्पत्ति भाडामा लगाउने, आम्दानीको नाममा विभिन्न वहानाबाजी गरी दुरुपयोग गर्ने कार्यमा रोक लगाएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्धय शारंगा सुवेदी र बालकृष्ण ढकालको इजलासले सरकारी विद्यालयको सम्पत्ति सरकारी सम्पत्ति हुने भएकोले विद्यालय तथा गाउपालिकालाई समेत विद्यालयको सम्पत्तिमा व्यवस्थापनको नाममा जथाभावी प्रयोग नगर्न बुधबार आदेश दिएको हो । काभ्रे जिल्लाको चौरी देउराली गाउपालिकास्थित चर्चित प्रभा उच्च माध्यामिक विद्यालयको सम्पत्ति कृषि उपज केन्द्रलाई भाडामा दिनेगरी भएको २०७६ पुसको संझौता समेत सर्वोच्चले बदर गरिदिएको छ भने सो विषयमा अनुसन्

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 393 पटक पढिएको
  • बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

    बैतडी— जिल्लाको सुर्नया गाउँपालिका–५ कठेगौँडमा गए राति मिनी ट्रक दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया गाउँपालिका–४ का २९ वर्षीय नरेश महरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए ।महरा सुर्नया गाउँपालिका–४ को सन्सेरीमाडौंबाट धनगढीतर्फ गइरहेका थिए । 

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 378 पटक पढिएको
  • हेटौँडाको बाइपास सडक विस्तार तीव्र, डिभिजनले सवारी आवागमन वैकल्पिक मार्गतर्फ मोडिने तयारी

    मकवानपुर— हेटौँडा बजार क्षेत्र हुँदै जाने मुख्य सडकको भीडभार कम गर्न निर्माणाधीन बाइपास सडकको काम तीव्र गतिमा अघि बढेको छ। सडक डिभिजन कार्यालय, हेटौँडाले वैकल्पिक मार्गका रूपमा तयार पारिएको बाइपास खण्डमा आवश्यक तयारी अन्तिम चरणमा पुगेको र निर्माण कार्य निरन्तर जारी रहेको जनाएको छ ।रातोमाटे–बुद्धचोक–राप्ती पुल हुँदै सामरी पुलसम्म करीब ९.५ किलोमिटर दूरीमा पर्ने मुख्य सडक विस्तार तथा व्यवस्थापन कार्यसँगै बजार भीड घटाउन निर्माण गरिएको बाइपास रोड ३ किलोमिटर लम्बाइको रहेको डिभिजनले जनाएको छ ।डिभिजनले अतिक्रमित संरचना हटाउने, सडक चौडाइ रेखांकन गर्ने, आवश्यक ग्राभेल–प्याकिङ, रोलिङ तथा ट्राफिक व्यवस्था

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 146 पटक पढिएको
  • एमच्याम नेपालद्बारा अमेरिकामा द्विपक्षीय व्यापार र ऊर्जा साझेदारीमा छलफल

    काठमाडौं— अमेरिकन चेम्बर अफ कमर्श इन नेपाल (एमच्याम नेपाल)ले अमेरिकाको वासिङ्टन डिसीमा नेपालमा अमेरिकी लगानीका सम्भावनाका विषयमा उच्चस्तरीय छलफल गरेको छ ।  यूएस कर्मियल संस्थाहरुको सहयोगमा अमेरिकन चेम्बर अफ कमर्शको केन्द्रीय कार्यालयमा यही डिसेम्बर १ मा भएको बैठकमा अमेरिकाको डिपार्टमेन्ट अफ स्टेट, डिपार्टमेन्ट अफ कमर्श, कमर्सियल सर्भिसेस यूएस चेम्बर अफ कमर्शका वरिष्ठ प्रतिनिधिहरुको सहभागिता थियो ।त्यस अवसरमा द्विपक्षीय व्यापार, आर्थिक कूटनीति, ऊर्जा, सञ्चार तथा सूचना प्रविधि, विकसित प्रविधि, उत्पादनमुलक क्षेत्र र सेवामुलक उद्योगमा हुनसक्ने साझेदारी, सहकार्य र सम्भावनाबारे चर्चा गरिएक

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 379 पटक पढिएको
  • विराटनगरमा स्रोत नखुलेको अवैध रकमसहित एक जना पक्राउ

    विराटनगर— बिराटनगर महानगरपालिका–१७ मटेरुवा क्षेत्रबाट प्रहरीले स्रोत नखुलेको अवैध रकमसहित एक जनालाई पक्राउ गरेको छ। मंसिर १७ गते कोशी प्रदेश प्रहरी कार्यालयअन्तर्गतको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको को २४ प ७९८४ नम्बरको मोटरसाइकल रोकेर निरीक्षण गरेको थियो।चालक बिराटनगर महानगरपालिका–१८ का रवि शाहले साथमा ६ लाख ४९ हजार ५ सय रुपैयाँ लुकाइछिपाई ल्याइरहेको अवस्थामा प्रहरीले फेला पारेपछि उनलाई नियन्त्रणमा लिएको हो।पक्राउ परेका शाहलाई इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको र घटनाबारे आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 379 पटक पढिएको
  • हेटौंडा सडक विस्तारमा जेन–जी मकवानपुरको स्पष्ट धारणाः विकास रोक्ने कुनै भ्रममा नपर्नु

    हेटौंडौं— हेटौंडामा जारी सडक विस्तारको काम तीव्र गतिमा अघि बढिरहँदा यसको विरोध र समर्थन दुवैतर्फका गतिविधि बढिरहेका बेला जेन–जी मकवानपुरले आधिकारिक प्रेस विज्ञप्ति जारी गर्दै विकास रोक्ने कुनै पनि भ्रममा नपर्न सबैलाई आग्रह गरेको छ ।जिल्ला संयोजक सुगम नेगीद्वारा जारी विज्ञप्तिमा सर्वोच्च अदालतको आदेशअनुसार ‘२५÷२५ गजभित्र पर्ने संरचनामा मुआब्जा नपर्ने व्यवस्था भए पनि वास्तविक पीडितले भने न्याय पाउनै पर्छ’ भनेर स्पष्ट गरिएको छ । नेगीले जनतालाई सुकुम्बासी बनाउने नाममा कुनै पनि अन्यायपूर्ण कदम स्वीकार्य नहुने भन्दै कानुनसम्मत र पीडितमैत्री प्रक्रियाबाट मात्रै सडक विस्तार अगाडि बढ्नुपर्नेमा जोड दिएक

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 370 पटक पढिएको
  • आज विश्व माटो दिवस : विभिन्न कार्यक्रम गरि मनाइँदै

    काठमाडौं— ‘स्वस्थ शहरहरूको लागि स्वस्थ माटो’ भन्ने नाराका साथ आज विश्व माटो दिवस मनाइँदैछ ।खाद्य तथा कृषि सङ्गठनको सिफारिसमा संयुक्त राष्ट्रसङ्घको ६८औँ महासभाको निर्णयानुसार सन् २०१३ डिसेम्बर ५ गतेदेखि विश्व माटो दिवस मनाउन थालिएको हो । बढिरहेको आधुनिकीकरणको प्रभावले समाजमा आइरहेको सकारात्मक एवं नकारात्मक परिवर्तनहरू कति देख्न सक्ने हुन्छन् भने कति देख्न नसक्ने खालका हुन्छन् । त्यसमा माटो पनि पर्छ, माटोमा आएको परिवर्तन, माटोको प्रदूषण हामीले कहिले ख्याल नै गरेका छैनौ । त्यसैले स्वस्थ माटोको महत्त्वमा विश्वको ध्यान केन्द्रित गर्न र माटोको स्रोतको स्थायी व्यवस्थापन सम्बन्धी जनजागरूकता फैलाउ

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 359 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा