काठमाडौं— नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद झन् गहिरिँदै गएको संकेत देखिएको छ। संस्थापन पक्षले एकताको प्रस्ताव अघि सारे पनि संस्थापन इतर समूहले त्यसप्रति सकारात्मक प्रतिक्रिया नजनाउँदै आफ्ना रणनीतिक छलफललाई तीव्र बनाएको छ।स्रोतका अनुसार पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएलगत्तै इतर समूहले आगामी कदमबारे औपचारिक निर्णय लिन सक्ने तयारी गरेको छ। यसअघि संस्थापन पक्षले पार्टीभित्र सहमति र एकताका लागि सातबुँदे प्रस्ताव पठाएको दुई साताभन्दा बढी समय बितिसकेको भए पनि त्यसमा कुनै औपचारिक प्रतिक्रिया आएको छैन।उपसभापति विश्वप्रकाश शर्माले जेठ १६ गते शीर्ष नेताहरूलाई पठाएको उक्त प्रस्तावमाथि देउवा–
पोखरा । विश्व संगीत दिवसको अवसर पारेर लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशले १५औँ बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।प्रतिष्ठानले सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै आगामी असार ७ गते ९ जुन २१० रक्तदान कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ। संगीतकर्मी, कलाकार, शुभेच्छुक तथा सर्वसाधारण नागरिकलाई कार्यक्रममा सहभागी भई रक्तदान गर्न प्रतिष्ठानले आग्रह गरेको छ। प्रतिष्ठानका पदाधिकारीका अनुसार रक्तदान जीवनदानको अभियानलाई निरन्तरता दिने उद्देश्यले हरेक वर्ष विश्व संगीत दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै आइएको छ। यस वर्ष पनि विभिन्न कलाकार, सांगीतिक क्षेत्रसँग आबद्ध व्यक्त
काठमाडौं— एभरेष्ट कलरको आईपीओ बाँडफाँट भएको छ । बिहीबार धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा उक्त आईपीओ बाँडफाँट गरिएको हो ।कम्पनीले गत जेठ २२ गतेदेखि २७ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ कराड ५५ लाख ७० हजार रुपैयाँबराबरको ६ लाख ५५ हजार ७०० कित्ता सेयर निष्काशन गरेको थियो ।सो निष्काशनमा कुल २६ लाख ८७ हजार ४२१ जनाले २ करोड ८८ लाख ३३ हजार ७२० कित्ता सेयरका लागि आवेदन परेको थियो । जसमध्ये २६ लाख ४१ हजार ९५९ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन् ।मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँ
काठमाडौं। भूमिहीन भएर पुस्तौंदेखि बसोबास गर्दै आएका हजारौं परिवारका लागि सरकारले असारको तस्रो सातादेखि लालपुर्जा वितरण गर्ने तयारी गरेको छ । वास्तविक सुकुम्वासीहरुलाई सरकारले यही असारको तेस्रो सातादेखि लालपुर्जा वितरण सुरु गर्ने घोषणा गरेको हो।प्रतिनिधिसभामा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले लालपुर्जा वितरणको तयारी पूरा हुन लागेको बताइन्।सरकारका अनुसार भूमिहीन तथा अव्यवस्थित बसोबासीको पहिचान, तथ्याङ्क संकलन र आवश्यक प्रशासनिक प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ। संसदमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाडौंका सुकुमवा
काठमाडौं— राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसेको छ।बैठकमा गृहमन्त्री सुधन गुरुङ, गृहसचिव राजकुमार श्रेष्ठ तथा सुरक्षा निकायका प्रमुखहरू पनि सहभागी छन्।मनसुन सुरु हुन लागेको अवस्थामा क्षति आकलन तथा पूर्वतयारीका सन्दर्भमा छलफल र आवश्यक निर्णय लिन बैठक बसेको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
काठमाडौं— फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कोलम्बियाले उज्वेकिस्तानलाई ३–१ ले पराजित गरेको छ।मर्सिडिज बेन्ज स्टेडियममा बिहीबार भएको खेलमा कोलम्बियाका लागि ४०औँ मिनेटमा डिएगो मुनोज, ६५औँ मिनेटमा लुइस डियाज , ९० औँ मिनेटमा जोन काम्पाजले गोल गरे उज्बेकिस्तानका लागि ६०औँ मिनेटमा अजीजबेक फैजुल्लाएभले गोल गरे । खेलको पहिलो हाफमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि कोलम्बियाले ४०औँ मिनेटमा अग्रता बनाएको थियो।डिएगो मुनोजले लुइस डियाजको पासमा गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए। त्यसपछि पहिलो हाफमा थप गोल हुन नसक्दा कोलम्बिया १–० ले अघि रहँदै विश्राममा गएको थियो।दोस्रो हाफको ६०औँ
काठमाडौं— कम्पनी रजिष्ट्रार कार्यालयका सम्पूर्ण अनलाइन सेवा अनिश्चितकालका लागि अवरुद्ध भएका छन्। सरकारको एकीकृत डाटा व्यवस्थापन केन्द्र (आईडीएमसी) मा आएको प्राविधिक समस्याका कारण इन्टरनेट सेवा प्रभावित भएपछि कार्यालयको सर्भर सञ्चालन हुन नसकेको कार्यालयले जनाएको छ।कार्यालयले जारी गरेको सूचनाअनुसार असार २ गते मध्यान्हदेखि समस्या देखिन थालेपछि कम्पनी दर्ता, नवीकरण तथा अन्य सबै अनलाइन सेवा प्रभावित भएका हुन्।प्राविधिक अवरोधका कारण सेवाग्राहीले अनलाइनमार्फत प्राप्त गर्दै आएका सम्पूर्ण सेवा हालका लागि स्थगित गरिएको कार्यालयले जनाएको छ। समस्या समाधान भएपछि सेवा पुनः सञ्चालन गरिने भए पनि कहिलेदेखि निय
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनकी केन्द्रीय सचिव चम्पा अधिकारीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राप्रपा परित्याग गरेकी छन्।बिहीबार सामाजिक सञ्जालमार्फत पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई सम्बोधन गर्दै उनले राप्रपाले आफ्नो मूल विचार र एजेन्डाबाट विचलित भएको आरोप लगाएकी छन्। पार्टीले उठाउँदै आएको सनातन हिन्दु धर्म, राजसंस्था लगायतका मुद्दालाई प्रभावकारी रूपमा अघि बढाउन नेतृत्व असफल भएको उनको निष्कर्ष छ।‘नेपालका बहुसंख्यक नागरिक सनातन हिन्दु परम्परामा आबद्ध हुँदाहुँदै पनि सडक, सदन र सरकार कुनै पनि तहमा ती मुद्दा सशक्त रूपमा उठाउन स
विराटनगर— कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेलाई २०८३ साल जेठ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ।विभागीय मूल्य–मान्यता तथा आदेश–निर्देशनको पूर्ण पालना गर्दै उच्च मनोबल, साहस र जिम्मेवारीका साथ पदीय कर्तव्य निर्वाह गरेको मूल्याङ्कनका आधारमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।प्रहरी निरीक्षक न्यौपानेले मोरङमा ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न प्रभावकारी अभियान सञ्चालन गरेका थिए। उनले चालक तथा सहचालकहरूको विस्तृत स्वास्थ्य परीक्षण, लागूऔषध सेवन तथा मादक पदार्थ सेवन (ला.प.से./मा.प
विर्तामोड— नेपाल प्रजातन्त्र सेनानी संघ झापाको रिक्त उपाध्यक्ष पदमा शेखरनाथ अधिकारी मनोनित भएका छन्। स्वास्थ्य समस्याका कारण निर्वाचित उपाध्यक्ष उत्तम सुवेदीले राजीनामा दिएपछि रिक्त रहेको पदमा संघको विधानअनुसार अधिकारीलाई जिम्मेवारी दिइएको हो।संघका अध्यक्ष लिलक सिटौलाको अध्यक्षतामा बसेको बैठकले अधिकारीलाई उपाध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको सचिव पङ्कज घिमिरेले जानकारी दिएका छन्। सोही बैठकले विधानबमोजिम केदार खड्का, नारायण पौडेल र दिपेन पाठकलाई संघको सदस्यमा पनि मनोनित गरेको छ।बैठकले प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा तथा झापाको धुलाबारी निवासी याम भण्डारीको असामयिक निधनप्रति गहिरो
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.