समाज

    Showing 9,101-9,110 of 10,071 items.
  • आफ्नै बुबाबाट बलात्कृत बालिकाले न्याय नपाएको गुनासो

    बिर्तामोड / आफ्नै बुबाबाट पटकपटक बलात्कृत भएकी मोरङको बेलबारी –११ की १४ वर्षीया बालिकाले न्याय नपाएको गुनासो गरेकी छिन् ।बालिकाले बुधबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै आफूले अझैपनि न्याय नपाएको गुनासो गरेकी हुन् ।उनलाई आफ्नै बुबाले पटकपटक बलात्कार गरेपछि गत भदौ ४ गते इलाका प्रहरी कार्यालय बेलबारीमा किटानी जाहेरी दिएकी थिइन् । प्रहरीले भदौको पहिलो सातामा ती व्यक्तिलाई पक्राउ गरेको थियो । गत भदौ ७ गते सोमबार जिल्ला अदालत मोरङमा म्याद थप गरिएको थियो । तर अदालतले उनलाई पाँच लाख रुपैयाँ धरौटीमा उनलाई छोडेपछि बालिका र उनकी आमाले पत्रकार सम्मेलन गरेर न्याय नपाएको गुनासो गरेका हुन् ।बाल

    • प्रकाशित मितिः असोज १४, २०७८
    • 319 पटक पढिएको
  • आगलागीमा परेको ताप्लेजुङको दोभान बजारको मुहार फेरिँदै

    फुङ्लिङ / ताप्लेजुङको सदरमुकाम फुङ्लिङ पछिको दोस्रो ठूलो दोभान बजारको मुहार बिस्तारै फेरिँदै गएको छ । सात महिनाअघि आगलागीले ध्वस्त बनेको संरचनाको पुनःनिर्माण हुन थालेसँगै दोभान बजारको मुहार फेरिँदै गएको हो । जिल्लाको मेरिङ्देन गाउँपालिका –३ खाम्लुङमा पर्ने दोभान बजार पुरानो व्यापारिक केन्द्र र एक ऐतिहासिक स्थल पनि हो । तमोर नदी, मेवा र मैवा खोलाको सङ्गमस्थल नदी तथा खोला किनारमा रहेको दोभान बजारमा गत फागुन १९ गते बिहान भीषण आगलागी भएको थियो । कुल ५० घर पूर्णरूपमा ध्वस्त भएका र ६३ परिवार विस्थापित हुनेगरी भएको आगलागीले खण्डहर बनेको दोभान बजारमा नयाँ संरचना बन्न थालेपछि बजारको स्वरूप अर

    • प्रकाशित मितिः असोज १३, २०७८
    • 206 पटक पढिएको
  • २१ वर्षीय किशोर २१ दिनदेखि सम्पर्कविहीन

    स्याङ्जा  / स्याङ्जाको वालिङ नगरपालिका–१३ खानीडाँडाका २१ वर्षीय किशोर २१ दिनदेखि सम्पर्कविहीन बनेका छन् । वालिङ–१३ स्थायी घर भएका सुस्त मनस्थितिका राजकुमार सार्की पाल्पाको पोखराथोकबाट गत भदौ २३ गतेदेखि सम्पर्कविहीन भएका उनकी आमा विमया सार्कीले जानकारी दिइन्।दिदी लच्छिमा सार्कीसित पोखराथोक गएको र त्यहीँबाट तीजको दरखाने दिन दिउँसो ४ बजेदेखि सम्पर्कविहीन भएको आमा विमयाले बताएकि छन् ।“सुस्त मनस्थितिको मेरो छोरो हराएको यतिका दिन भयो, कहाँ छ, के गर्दैछ भन्ने अत्तोपत्तो छैन,” विमयाले भनिन्, “छोरालाई खोज्नका लागि आफन्त, इष्टमित्र जताततै खबर ग¥यौँ तर केही मेसो आएको छैन ।”भाइको खोजीका लागि फेसबुक,

    • प्रकाशित मितिः असोज १३, २०७८
    • 288 पटक पढिएको
  • निःशुल्क सेनेटरी प्याड वितरण

    काठमाडौँ / युग बुद्ध नेपालले भृकुटी मण्डपस्थित सार्वजनिक शौचालयदेखि निःशुल्क सेनेटरी प्याड वितरण अभियानको शुभारम्भ गरेको छ । यो अभियानबाट सयौँ महिला लाभान्वित भएका छन् । यसअघि सो संस्थाले महिलाका लागि निःशुल्क परिवार नियोजनका साधन वितरण गरिसकेको छ । संस्थाले क्रमशः देशका प्रमुख सहरका शौचालय, विद्यालय तथा अन्य आवश्यक पर्ने स्थानमा प्याड वितरण गरिँदै लैजाने अभियान रहेको बुद्ध नेपालका अध्यक्ष नारायण शर्माले जानकारी दिएका छन् । 

    • प्रकाशित मितिः असोज १२, २०७८
    • 101 पटक पढिएको
  • डुबेर बेपत्ता किशोरको शव फेला

    दोलखा / दोलखाको बिगु गाउँपालिका–४ लादुकस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका किशोरको शव फेला परेको छ । सोमबार दिउँसो पोखरीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बिगु गाउँपालिका–४ लादुकका १८ वर्षीय टीकाराम तामाङको शव आज बिहान प्रहरीले फेला पारेको हो । तामाङको शव पोखरीभित्र हिलोमा गाडिएको अवस्थामा आज बिहान फेला परेको दोलखाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताएका छन्। घर नजिकै शान्ति आर्दश माविसँगै रहेको पोखरीमा तामाङ हिजो दिउँसो साथीसँग पौडी खेल्न गएको र पोखरीमा डुबेर बेपत्ता भएका थिए । डुबेर बेपत्ता भएको खबर पाउनसाथ इलाका प्रहरी कार्यालय सिङगटीको टोली घटनास्थलमा खोजीको लागि

    • प्रकाशित मितिः असोज १२, २०७८
    • 136 पटक पढिएको
  • महिलालाई बन्धक बनाएर बलात्कार

    विराटनगर / महिलालाई बन्धक बनाएर बलात्कार गरेको अभियोगमा प्रहरीले विराटनगर –१७ का एक महिला र पुरुषलाई पक्राउ गरेको छ । विराटनगर – ४ की एक महिलालाई बन्धक बनाएर बलात्कार गरेको भन्दै परेको उजुरीका आधारमा दुई जनालाई काठमाण्डौबाट पक्राउ गरिएको बानेश्वर प्रहरी वृत्त काठमाण्डौले जानकारी गराएको छ ।काठमाडौंको बानेश्वरमा एक महिलालाई बन्धक बनाएर बलात्कार गरेको अभियोगमा विराटनगर –१७ का श्रीमान निरज शर्मा र उनकी  श्रीमती नितु शर्मालाई नै पक्राउ गरिएको प्रहरीले जनाएको छ  । उनीहरूलाई सोमबार पक्राउ गरिएको र अनुसन्धान थालिएका बानेश्वर प्रहरी प्रमुख डीएसपी मिमबहादुर लामाले जानकारी गराएका छन् ।पीडि

    • प्रकाशित मितिः असोज १२, २०७८
    • 282 पटक पढिएको
  • इलाममा खोलाले बगाएर बालिकाको मृत्यु

    इलाम / इलामको फाकफोकथुम र देउमाई बीचको  मैदाने खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।देउमाई–१ चमैता मामली घरमा बसेर पढ्दै आएकी नौ वर्षीया सागरिका राईको मृत्यु भएको हो । फाकफोकथुम गाउँपालिका– ६ स्थित फलाँटे माविमा कक्षा ४ मा अध्ययनरत राई सोमबार विद्यालयबाट फिर्कदै गर्दा खोलाले बगाएको थियो । भाइबहिनीलाई खोलाबाट तारेर आफू पनि तर्ने क्रममा बढेर आएको खोलाले  राईलाई बगाएर बेपत्ता बनाए पछि खोजतलास गर्दा ढुङ्गामा च्यापिएको अवस्थामा शव फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको शव आज पोष्मार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । 

    • प्रकाशित मितिः असोज १२, २०७८
    • 135 पटक पढिएको
  • कोरियाको सहयोगमा पोखरामा ‘स्मार्ट ट्रान्सपोर्टेसन’

    पोखरा / दक्षिण कोरियाले पोखराको यातायात व्यवस्थापनमा सहयोग गर्ने भएको छ । अन्तर्राष्ट्रिय पर्यटन दिवसका अवसरमा गण्डकी सरकारको निमन्त्रणामा पोखरा आएका नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुक र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग सोमबार भएको भेटमा राजदूत सुकले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।पोखरा र आसपासको भौगोगिक अवस्थितिबाट आफू प्रभावित भएको उल्लेख गर्दै उनले पोखरामा स्मार्ट यातायात सञ्चालन र व्यस्थापनमा चासो व्यक्त गरे । राजदूत सुकले कोरिया गण्डकी प्रदेशको व्यापार प्रवद्र्धनमा सघाउन तयार रहेको बताउँदै नेपालका थप युवालाई रोजगारी दिनेबारेमा पनि कोरिया सरकारले थप अभ्यास गरिर

    • प्रकाशित मितिः असोज १२, २०७८
    • 171 पटक पढिएको
  • सुरुवाती कोठा नेपालले गर्याे बिर्तामोडमा प्रभात फेरी र कन्काईधाम सरसफाइ

    बिर्तामोड / आज ४२ औँ विश्व पर्यटन दिवसको अवसरमा झापाको बिर्तामोडमा प्रभात फेरी र कन्काई माई धाम सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । सुरुवाती कोठा नेपालको आयोजना र दर्जन भन्दा बढी संघ संस्था को सहकार्यमा उक्त कार्यक्रम गरिएको सुरुवाती कोठा नेपालका अध्यक्ष दीपक दासले जानकारी दिए । आदर्श स्कुल अफ म्यानेजमेन्ट, इक्कम कलेज, स्प्रिङडेल कलेजका विद्यार्थीहरूले बिर्तामोडको मुक्ति चोक वरिपरि गरिएको प्रभात फेरीमा भाग लिएका थिए भने कार्यक्रममा पुर्बेली नौमति बाजा, महिला समुह, चारपानेले नौमति बाजा प्रस्तुत गरेका थिए ।प्रभात फेरीमा मारवाडी महिला मञ्च लगायतको सहभागिता रहेको थियो । कार्यक्रम कोठा नेपा

    • प्रकाशित मितिः असोज ११, २०७८
    • 180 पटक पढिएको
  • ठुलीभेरीका १७० घरधुरीलाई निःशुल्क सोलार वितरण

    जाजरकोट / ठुलीभेरी नगरपालिका –९ डोल्पाका १७० घरधुरीलाई निःशुल्क सोलार वितरण गरिएको छ । शनिबार मोतीपुर, डाँगीबाडालगायतका बस्तीका नागरिकलाई कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत वडाका सम्पूर्ण घरधुरीलाई सोलार वितरण गरिएको हो । नगरपालिकाको २० लाख रुपैयाँ र कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ५० लाख रुपैयाँ गरेर कूल ७० लाख रुपैयाँ अनुदान सहयोगमा सम्पूर्ण वडावासी लाभान्वित हुने गरी सोलार वितरण गरिएको वडाध्यक्ष बिर्मलकुमार भण्डारीले जानकारी दिए । जनताको मागअनुसार प्रत्येक घरधुरीलाई २०० वाटको प्यानल र १५० एम्पियरको ब्याट्री निःशुल्क वितरण गरिएको भण्डारीको भनाइ छ ।

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 202 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.