काठमाडौँ। पशुपति क्षेत्रमा साउने सोमबारको तयारीस्वरुप सरसफाइ गरिएको छ । पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारीस्वरुप गत हप्तादेखि सफाइ अभियान सुरु गरेको हो । 

सरसफाइको दोस्रो साता शनिबार पनि पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको कोष सञ्चालक परिषद् सदस्यसमेत रहनुभएका स्थानीयवासी एव पशुपतिका भण्डारी केदारमान भण्डारीले राससलाई जानकारी दिनुभयो ।

शनिबारको सफाइका क्रममा दर्शनका लागि भक्तजन लाम बस्ने चारै ढोकाअघिको क्षेत्र एवं प्रवेश मार्ग क्षेत्रमा पनि सफाइ गरिएको उहाँले बताउनुभयो । दक्षिणामूर्ति, उमाकुण्ड, पशुपति बजार, भुवनेश्वरी, गौशाला, बज्रघर, तिलगङ्गा र वनकाली क्षेत्रमा पनि सफाइ गरिएको छ ।