काठमाडौं विश्वविद्यालय (केयू) को नयाँ उपकुलपति चयन प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। उपकुलपति पदका लागि परेको आवेदनमध्ये ३५ जनाको दरखास्त स्वीकृत भएपछि छनोट प्रक्रिया अर्को चरणमा प्रवेश गरेको हो।


उपकुलपति छनोट तथा सिफारिस समितिले साउन ४ गतेको निर्णयअनुसार योग्य ठहरिएका ३५ आवेदकलाई प्रतिस्पर्धामा राखेको छ। अब समितिले मूल्यांकन र अन्तर्वार्तालगायतका प्रक्रिया पूरा गरी अन्तिम तीन जनाको नाम सिफारिस गर्नेछ। 


समितिले सिफारिस गरेका तीनमध्येबाट काठमाडौं विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ले नयाँ उपकुलपतिको नियुक्ति गर्ने व्यवस्था छ। यससँगै केयूको नेतृत्वका लागि प्रतिस्पर्धा थप रोचक बनेको छ।