राजनीति

    Showing 5,041-5,050 of 6,719 items.
  • कांग्रेस जिल्ला अधिवेशन रोक्न माग गर्दै भोक हड्ताल

    महोत्तरी / नेपाली कांग्रेस महोत्तरीका पूर्वमहासचिव बजरङ्ग नेपाली आमरण अनशनमा बसेका छन् । क्षेत्रको अधिवेशन सम्पन्न नभई पुष २७ गते जिल्ला अधिवेशन निर्धारण गरेको भन्दै उनी आज बिहान ८ बजेदेखि अनशनमा बसेका हुन्।क्षेत्र नम्बर ३ को अधिवेशन नै नसकी सुनियोजित ढङ्गबाट अधिवेशनको मिति निर्धारण गरेको भन्दै जिल्ला कार्यसमितिले पनि नेता नेपालीको अनशनलाई ऐक्यबद्धता जनाएको छ।मंगलबार जिल्ला कार्यसमितिले केन्द्रलाई नेता नेपालीको भोक हड्तालप्रति ध्यानाकर्षण सहितको पत्रसमेत पठाइ सकेको छ। पत्रमा क्रियाशील सदस्य तथा अधिवेशनमा भाग लिनेहरूलाई पाखा लगाई जिल्ला अधिवेशनको मिति तोक्नु षड्यन्त्रपूर्ण र सुनियोजित

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 68 पटक पढिएको
  • एमालेको आग्रहमा प्रतिनिधिसभा बैठक स्थगित

    काठमाडौँ / प्रतिनिधि सभाको बिहीबारका लागि आह्वान गरिएको बैठक स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले जिल्ला अधिवेशन रहेको र सांसदहरू काठमाडौं बाहिरका जिल्लामा जानुपर्ने भएकाले संसद् बैठक स्थगित गर्न आग्रह गरेपछि पुस २२ गतेका लागि बोलाइएको बैठक २८ गतेसम्मका लागि स्थगित गरिएको संसद्  सचिवालयले जानकारी दिएको छ ।यसअघि माओवादीको आग्रहमा पुस १८ गते बोलाइएको बैठक २२ गतेसम्मका लागि स्थगित गरिएको थियो ।प्रतिनिधिसभाको २२ गतेका लागि आह्वान गरिएको बैठक २८ गते १ बजेसम्मका लागि स्थगित गरिएको छ । एमालेले पुस २३ गतेदेखि जिल्ला अधिवेशन गरिरहेको छ । एमालेले प्रतिनिधिसभा र राष्ट्रिय सभाम

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 71 पटक पढिएको
  • राष्ट्रिय सभा सदस्य निर्वाचन : उम्मेदवारले तीन लाख ५० हजार खर्च गर्न पाउने

    काठमाडौँ / निर्वाचन आयोगले तोके अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूले तीन लाखभन्दा बढी खर्च गर्न पाउने भएका छन् । आयोगले बुधबार राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारहरूले गर्न पाउने खर्चको सीमा तोकेको हो । मतदाता नामावली खरिददेखि प्रतिनिधि परिचालन लगायत विभिन्न शीर्षकमा तीन लाख ५० हजार खर्च गर्न सक्ने आयोगले जनाएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारले सवारी साधन–घोडा प्रयोग गर्न ७० हजार खर्च गर्न पाइनेछ । त्यस्तै, कार्यालय सञ्चालन गर्न पनि ७० हजार खर्च गर्न मिल्ने आयोगले जनाएको छ । यसैगरी, गोष्ठी र अन्तरक्रियाका लागि एक लाख, कार्यालय सञ्चालनमा तीस

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 64 पटक पढिएको
  • आज मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौं  / आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठक दिउँसो साढे १ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिए ।बैठकमा प्रधानमन्त्री देउवाको भारत भ्रमणका विषयमा छलफल हुने छ । देउवा यही पुस २५ गते भारत भ्रमणमा जाँदैछन् ।पुस २६ गते हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा सहभागी हुन देउवा भारत जान लागेका हुन् । भारत भ्रमणको क्रममा उनले प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 67 पटक पढिएको
  • फेरी सर्यो १६ जिल्लाको कांग्रेस अधिवेशन

    काठमाडौँ / नेपाली कांग्रेसको जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको अधिवेशन फेरि सरेको छ ।  आज (बुधबार) बिहान बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले १६ जिल्लाको अधिवेशन राष्ट्रिय सभा सदस्य चुनावपछि मात्रै गर्ने निर्णय गरेको हो । सचिव केशव रिजालका अनुसार १४औं महाधिवेशन अन्तर्गत अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन माघ १५ गते हुनेछ । राष्ट्रिय सभा सदस्य चुनाव माघ १२ गते हुँदैछ ।यसअघि यही पुस २७ गते ती १६ जिल्लामा जिल्ला अधिवेशन गर्ने भनिएको थियो । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली,

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 65 पटक पढिएको
  • १९ पदका लागि ४३ जनाको उम्मेदवारी

    काठमाडौँ  / राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता सम्पन्न भएको छ । आगामी माघ १२ गते हुने राष्ट्रिय सभाका १९ सदस्य चुन्न हुने चुनावका लागि ४३ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार महिला ७, दलित ३, अपांगता भएका एवं अल्पसंख्यक दुई र अन्य समूहका सात सिटका लागि माघ १२ मा हुने चुनावका लागि मंगलबार उम्मेदवारी दर्ता गरिएको हो ।उम्मेदवारी दर्ताका आधारमा सातै प्रदेशमा सत्ता गठबन्धन (कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमोर्चा) र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।२०७४ मा

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 67 पटक पढिएको
  • राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि प्रदेश १ बाट प्याकुरेल र बिष्टको उम्मेद्वारी

    झापा //आउँदो माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि प्रदेश १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेद्वारी झापाकी महिला नेतृ रञ्जु प्याकुरेल र अम्बर बिष्टले दिएका छन्। राप्रपाबाट खुलातर्फको सदस्यमा झापाका अम्मरबहादुर विष्ट र महिला कोटामा रञ्जु प्याकुरेलले उम्मेदवारी दिएका हुन् ।बिष्ट राप्रपाका पूर्व जिल्ला अध्यक्ष हुन् भने प्याकुरेल विर्तामोड नगर समितिकी अध्यक्ष हुन् ।राष्ट्रिय सभामा प्रदेश १ बाट रिक्त ३ मध्ये खुला र महिला कोटामा राप्रपाले मनोनयन दर्ता गराएको बताइएको छ।राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश १ मा राप्रपाका एक जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमु

    • प्रकाशित मितिः पुस २०, २०७८
    • 95 पटक पढिएको
  • माओवादीका नेतृत्वका लागि हानाथाप

     बिर्तामोड / माओवादी केन्द्रको महाधिवेशन सम्पन्न भएपनि अझै सम्म पदाधिकारी चयन हुन सकेको छैन । केन्द्रिय सदस्य चयन गर्दै सकिएको महाधिवेशन पछि बसेको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई सर्वसम्मत रुपमा चयन गरेको भएपनि बाँकी पदाधिकारीका विषयमा भने नेताहरू बिचको हानाथाप नेतृत्व चयन हुन नसकेको हो ।अध्यक्ष पछिको मुख्य कार्यकारी पद मानिएको महासचिवमा नेताहरू बिच सहमति नजुटेपछि यस अघि कुनै पनि पदमा आकांक्षा नदेखाएका नेता देव गुरुङले आफूलाई दाबेदारका रुपमा प्रस्तुत गरेपछि अध्यक्ष प्रचण्ड समेत सङ्कटमा परेका छन् ।महाधिवेशनको समयमा महासचिवका लागि आकांक्षा देखाएका नेताहरू जर्नादन शर्मा , पम्फा भूषाल , वर्

    • प्रकाशित मितिः पुस २०, २०७८
    • 72 पटक पढिएको
  • माओवादी केन्द्रले टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार

    बिर्तामोड / नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको भागमा परेको ५ सिटमा उम्मेदवार टुंगो लगाएका हुन् ।माओवादी केन्द्रले प्रदेश २ महिलामा उर्मिला अर्याल, गण्डकीमा सुरेश आले मगर, दलिततर्फ गोरखाका भरत सुनार, अपाङ्गमा सुर्खेतका नरबहादुर विष्ट र सुदूरपश्चिम प्रदेश दलित कोटामा जगत पार्कीलाई उम्मेदवार चयन गरेको हो ।माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रिय सभा सदस्यका उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो ।यही माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

    • प्रकाशित मितिः पुस २०, २०७८
    • 83 पटक पढिएको
  • राष्ट्रियसभा निर्वाचन : एमालेविरुद्ध पाँच दलीय गठबन्धन

    बिर्तामोड / पाँच दलीय सत्ता गठबन्धनबीच राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँडमा सहमति भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रिय सभा निर्वाचनको १९ सिटमा साझा उम्मेद्वार उठाउने निर्णय गरेको हो । बैठकले कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई ५–५, जनता समाजवादी पार्टीलाई २ र राष्ट्रिय जनमोर्चालाई एक सिट छुट्याउने निर्णय गरेको छ ।यसअघि सम्बन्धित पार्टीले जितेका ठाउँमा सोही पार्टीलाई नै यथावत् राख्दै थपिएका सिटमा गठबन्धन दलले भागबन्डा गरेको हो । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका रिक्त १९ सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँद

    • प्रकाशित मितिः पुस २०, २०७८
    • 69 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा