समाचार

    Showing 10,491-10,500 of 26,676 items.
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ०४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ६० पैसा र बिक्रीदर १९१ रुपैयाँ ४१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ७३ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६० पैसा र बिक्रीदर ९३ रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 546 पटक पढिएको
  • आज २०८२ साल असोज १९ गते आइतबारको राशिफल

    मेष - लक्ष्यप्रति एकाग्रता राख्न सकिनेछ भने सफलता सुनिश्चित हुनेछ। लगानी लाभदायक बन्नेछ। आँट र साहसिक प्रयासले नयाँ अवसरहरू प्राप्त हुने संकेत छ।वृष - पुराना आकाङ्क्षा पूरा हुने समय आएको छ। मिहिनेतको कदर हुनेछ। कर्मक्षेत्रमा प्रगति र सम्मान बढ्ने सम्भावना छ।मिथुन - सकारात्मक सोच र पहलले अपेक्षित सफलता दिनेछ। नयाँ जिम्मेवारी हात पर्नेछ। प्रतिष्ठा र प्रभाव बढ्ने समय हो।कर्कट - मिहिनेतको प्रतिफल पाइनेछ। अवरोध देखिए पनि धैर्यपूर्वक अघि बढ्दा उपलब्धि हासिल गर्न सकिनेछ। सम्मान र अवसर दुवै बढ्नेछन्।सिंह - पारिवारिक सहयोग र सहकार्य प्राप्त हुनेछ। यात्राको योजना बन्न सक्छ। सम्ब

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 601 पटक पढिएको
  • खराब मौसमका कारण मोडिएका अन्तर्राष्ट्रिय विमान काठमाडौंमा अवतरण

    काठमाण्डौ  ।  खराब मौसमका कारण भारत र बंगलादेशतर्फ मोडिएका कयौं अन्तर्राष्ट्रिय विमानहरू क्रमशः काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न थालेका छन्।विमानस्थलमा मौसम सुधारसँगै उडान सञ्चालन क्रमशः सामान्य हुँदै गएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। अन्तर्राष्ट्रिय उडान सहज बनाउनका लागि उडान समयसीमा अस्थायी रूपमा बिहान ४ बजेसम्म विस्तार गरिएको छ।निरन्तरको वर्षा र दृश्यता कमजोर रहेका कारण आन्तरिक उडानहरू आइतबार बिहानसम्मका लागि स्थगित गरिएका छन्। यात्रुहरूलाई वैकल्पिक व्यवस्थाबारे जानकारी दिइरहेको विमानस्थल प्रशासनले जनाएको छ।

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 419 पटक पढिएको
  • महोत्तरीमा रातु खोलाले बगायो नेपाल टेलिकमको जिप

    मधेस प्रदेश । महोत्तरीमा रातु खोलाले नेपाल टेलिकमको शनिबार साँझ प्रदेश–३–०१–४५२७ नम्बरको जिप बगाएको छ।सशस्त्र प्रहरीले जेसीबीको सहायताले जिप निकालेको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता Dsp शैलेन्द्र थापाका अनुसार अविरल वर्षसँगै बढेको रातु खोलाले शनिबार साँझ भंगाहा नगरपालिका–५ जमुनियाबाट बिर्तातर्फ जाँदै गरेको जिप बगाएको थियो।अविरल वर्षसँगै बढेको रातु खोलाले शनिवार साँझ भंगाहा नगरपालिका–५ जमुनियाबाट बिर्ता तर्फ जाँदै गरेको जिप बगाएको थियो । सुरक्षा बेस भंगाहाबाट खटिएको टोलीले जिप निकालेको हो । जिप चालक सकुशल छन् । 

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 338 पटक पढिएको
  • विपद् व्यवस्थापनका लागि देशभरका प्रमुख जिल्ला अधिकारीलाई गृहको सातबुँदे निर्देशन

    काठमाण्डौ  ।  विपद् व्यवस्थापनका लागि देशभरका प्रमुख जिल्ला अधिकारीलाई गृहको सातबुँदे निर्देशन दिएको छ।विपद् जोखिम बढेपछि गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई सातबुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले शनिबार जारी गरेको परिपत्रमा विपद् जोखिम अवस्थालाई मध्यनजर गरी तत्काल कदम चाल्न निर्देशन दिएको हो ।मन्त्रालयले बाढीपहिरो तथा डुबानको जोखिम भएका जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूलाई २४ सै घण्टा कार्यकक्षमा रहन निर्देशन दिएको छ ।

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 406 पटक पढिएको
  • दुर्गा प्रसाईले तस्करको फिल्म सार्वजनिक गर्दै

    काठमाण्डौ ।  नागरिक बचाउ महाअभियानाका सम्योजक तथा  व्यवसायी दुर्गा प्रसाईले सामाजिक सञ्जालमार्फत नयाँ भिडिओ सार्वजनिक गर्ने तयारी भएको बताएका छन्। उनले आफूले तयार पारेको “तस्करको फिल्म” मार्फत १०० जनाको नामावलीसमेत सार्वजनिक गर्ने चेतावनी दिएका छन्।प्रसाईका अनुसार यो फिल्मले कर्मचारी, ठेकेदार र पहुँचवालाले कसरी राष्ट्र बेच्दै आएका छन् भन्ने पर्दाफास गर्नेछ। उनले यसलाई “सिस्टमको एक्स–रे”भन्दै, तस्करीमा संलग्नहरूको सम्पत्ति र आलिसान जीवनशैली देखाइने उल्लेख गरे।उनले बारबारा फाउन्डेसनको लगानी र यसकै आधारमा सरकार कसरी बनेको भन्नेबारे पनि भिडियोमा उजागर गर्ने बताएका छन्।

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 805 पटक पढिएको
  • महानगरले विद्यालयहरूलाई विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन

    काठमाण्डौ  ।  काठमाण्डौ महानगरपालिकाले प्रभावित क्षेत्रका बासिन्दालाई नजिकैका विद्यालयमा स्थानान्तरण गर्न थालेको हो। महानगरको शिक्षा विभागले सबै विद्यालयहरूलाई विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ।थली, बनेश्वर, कोटेश्वर र दोभान क्षेत्रका विद्यालयहरूलाई तत्कालीन आश्रयस्थलका रूपमा तयारी अवस्थामा राखिएको महानगरले जनाएको छ।शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नदी छेउछाउमा बसोवास गर्ने बासिन्दालाई स्कुल कलेजमा राख्न अनुरोध गरेका छन्। अविरल वर्षाका कारण नदी क्षेत्रका बासिन्दा जोखिममा परेकाले नदी छेउछाउमा बसोबास गर्ने बासिन्दालाई स्कुल कलेजमा राख्न मन्त्री

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 554 पटक पढिएको
  • पछिल्लाे १२ घण्टामा देशभर कुन स्थानमा कति वर्षा भयाे ?

    काठमाण्डौ  ।  पछिल्लाे १२ घण्टामा वीरगञ्जमा सबैभन्दा बढी अर्थात १४३ मिलिमिटर वर्षा, बारा–रौतहटसहित मध्य तराईमा अति भारी वर्षा, उपत्यका र पहाडमा जोखिम बढ्यो ।बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावमा नेपालभर वर्षा तीव्र बनेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला १२ घण्टामा पर्साको वीरगञ्जमा सबैभन्दा धेरै १४३ मिलिमिटर वर्षा भएको छ।त्यसैगरी बारामा १४०.४, रौतहटको गौरमा १२९ र महेशपुरमा १२४ मिलिमिटर वर्षा रेकर्ड भएको छ। विभागले बारा र पर्साको वर्षालाई अति भारी वर्षा को श्रेणीमा राखेको छ।मध्य क्षेत्रलाई केन्द्रित गर्दै नवलपरासीदेखि पूर्व धनकुटासम्म वर्षा भइर

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 443 पटक पढिएको
  • तास सबै खेल्छन्, तर सायद थोरैलाई मात्र थाहा होला, कार्डको वैज्ञानिक आधार

    काठमाण्डौ  ।  तास सबै खेल्छन् । सबै मनोरन्जन गर्छन्।  तर सायद थोरैलाई मात्र थाहा होला, कार्डको आधार वैज्ञानिक छ र साथसाथै  यो प्रकृतिसँग पनि सम्बन्धित छ। आयताकार मोन्टे पेपरबाट बनेका कार्डहरू ४ प्रकारका हुन्छन् -इँटा, पान, चिडी र हुकम। १३ वटा कार्ड गरी जम्मा ५२ वटा कार्ड बनाईएको छ।कार्डहरू: एक्का देखि दहल, गुलाम, मिस्सी र बास्सा । १. ५२ पातः ५२ हप्ता २. ४ प्रकारका पातः ४ मौसम ३. प्रत्येक रंगको १३ पत्तिः प्रत्येक मौसममा १३ हप्ता ४. सबै कार्डहरूको योगफलः १ देखि १३ = ९१ × ४= ३६४ ५. जोकर: ३६४+१= ३६५ दिन वा १ वर्ष ५. दोस्रो जोकर गन्दाः ३६५ +१=३

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 675 पटक पढिएको
  • प्राधिकरणले भन्यो: विद्युत् अवरुद्ध भए ११५० मा फोन गर्नुस्

    काठमाण्डौ  ।  नेपाल विद्युत् प्राधिकरणले विद्युत् सेवा अवरुद्ध भए  हटलाइन नम्बर उपलब्ध गराएको  ११५० मा वा स्थानीय नो लाइट नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ। देशका विभिन्न जिल्लामा अत्यधिक वर्षातपछि बाढी र पहिरोले व्यापक क्षति पुर्याएको छ। सम्भावित प्रतिकूल अवस्थालाई मध्यनजर गरी विद्युतीय संरचनाहरुमा क्षति पु्ग्न नदिन र विद्युत् सेवा अवरुद्ध हुन गएमा यथाशीघ्र मर्मत गरिने प्राधिकरणले सुचना गरेको छ। 

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 421 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.