समाचार

    Showing 10,591-10,600 of 26,676 items.
  • दशैंको समयमा मौसम विग्रियो, सतर्कता अपनाउन अनुरोध

    काठमाडौं— वडादशैंको मुख्य दिन आज देशभरका अधिकांश स्थानको मौसम प्रतिकुल छ । कतिपय स्थानमा वर्षा भएकाले दशैं हिले बनेको छ ।जल तथा मौसम बिज्ञान बिभागले असोज १८–२० गतेसम्म विशेष सतर्कता अपनाउन पनि अनुरोध गरेको छ । विभागले विशेषगरि वागमती प्रदेशका काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ मधेश,  प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहेको हुँदा मुख्यतः असोज १८–२० सम्म विशेष सतर्कता अपनाउन अनुरोध गरेको हो ।विभागका अनुसार बंगालको खाडीमा विकसित भएको

    • प्रकाशित मितिः असोज १६, २०८२
    • 713 पटक पढिएको
  • बीपी राजमार्गमा राति गाडी चलाउन रोक

    काठमाण्डौ  ।  भारी वर्षा र पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गको एक खण्डमा रात्रिकालीन सवारी आवागमनमा रोक लगाएको छ । जिप्रका काभ्रेले २०८२ असोज १६ गते जारी गरेको सूचना अनुसार असोज १६ गते देखि असोज २१ गते सम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडक खण्डमा एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारी साधनबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुवाहक सवारी साधनको आवागमनमा निषेध गरिएको छ। यो प्रतिबन्ध बीपी राजमार्गको काभ्रे भञ्ज्याङ्ग–भकुण्डेवेशी–सिन्धुली सडक खण्डमा लागु हुनेछ ।बाढी पहिरोको उच्च जोखिमलाई ध्यानमा राखी उच्च सतर्कता अप

    • प्रकाशित मितिः असोज १६, २०८२
    • 291 पटक पढिएको
  • प्रधानमन्त्री कार्की जेनजी आन्दोलनमा मृत्यु भएका परिवार भेट्दै, राष्ट्रपति पौडेल टीका लगाउनमा ब्यस्त

    काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको विजयादशमी टीकाको दिन जेनजी आन्दोलनमा मृत्यु भएका तीन जनाको परिवारलाई भेट्ने भएकी छन्।प्रधानमन्त्रीले आज अपराह्न सौरनकिशोर श्रेष्ठ, कान्छी नगरकोटी र बुद्धिबहादुर तामाङका परिवारजनसँग भेट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।प्रधानमन्त्री कार्की स्वर्गीय श्रेष्ठ, नगरकोटी र तामाङका शोकाकुल परिवारजनलाई भेट्न उनीहरूका परिवार रहेका स्थान क्रमशः काठमाडौं महानगरपालिका–१६ बनस्थली, नागार्जुन नगरपालिका–३ र कीर्तिपुर नगरपालिका–२ मैत्रीनगर पुग्ने कार्यक्रम छ।राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन आज पुरोहितद्वय अर्जुन अ

    • प्रकाशित मितिः असोज १६, २०८२
    • 330 पटक पढिएको
  • झापामा बस दुर्घटना हुदा २ को मृत्यु १३ जना घाइते

    बिर्तामोड । झापाको बिर्तामोडमा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।बिहीबार बिहान ९:३० बजे बिर्तामोड-६ स्थित बुट्टाबारीमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०११–००१ ख ४४५९ नम्बरको सगरमाथा यातायातको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट ५ मिटर तल खस्दा २ जनाले ज्यान गुमाएका हुन्। दुर्घटनामा १३ जना घाइते भएका छन्।ज्यान गुमाउनेमा सुनसरी, इटहरी उपमहानगरपालिका–११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र मोरङ, रंगेली नगरपालिका–२ का ४२ वर्षीय बस कन्डक्टर राजकुमार चौधरी रहेका छन्।घाइते हुनेमा इटहरी–११ का गुलसनराज शर्मा, उनकी श्रीमती ३६ अंकिता शर्मा, ६ वर्षीया छोरी मनसुइ शर्मा र बिनु शर्मा छ

    • प्रकाशित मितिः असोज १६, २०८२
    • 332 पटक पढिएको
  • कोशी र बागमती प्रदेशमा ४ स्थानमा राजमार्ग अवरुद्ध

    काठमाण्डौ  । अविरल वर्षा र पहिरोका कारण देशका २ प्रमुख प्रदेश, कोशी र बागमतीअन्तर्गत मुख्य राजमार्गहरू ४ स्थानमा पूर्ण रूपमा अवरुद्ध भएका छन् ।कोशी प्रदेशको संखुवासभा जिल्लामा अविरल वर्षाका कारण २ स्थानमा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । भोटखोला गाउँपालिका-४ बरुणमा जेठ ६ गतेदेखि नै कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । मकालु गाउँपालिका-३, एकुवामा भदौ १५ गतेदेखि नै कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । बागमती प्रदेशको रसुवा जिल्ला पनि बाढी र पहिरोको चपेटामा परेको छ, जसले गर्दा महत्त्वपूर्ण सडक खण्डहरू अवरुद्ध भएका छन् । गोसाइँकुण्ड गाउँपालिका-२ (नेपाल र चीन नाका जोड्ने

    • प्रकाशित मितिः असोज १६, २०८२
    • 292 पटक पढिएको
  • आज विजयादशमीको मुख्य दिन, मान्यजनबाट टीका–जमरा ग्रहण गरिँदै

    काठमाण्डौ । दुर्गा पक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।दसैँघर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११:५३ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले बताएका छन ।राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साह शक्ति प्राप्त हुने

    • प्रकाशित मितिः असोज १६, २०८२
    • 507 पटक पढिएको
  • मिथिलामा आज रावण वध उत्सव

    काठमाडौं— मधेसको मिथिला क्षेत्रमा विजयादशमीका दिन आज रावण वध उत्सव हुँदैछ । महोत्तरीको मटिहानीमा आज विजयादशमीका दिन रावण वध उत्सव मनाइने भएको हो । श्रीराम मिथिलाका ज्वाइँ भएको र यहाँकी छोरी सीताको हरणकर्ता भएर पनि रावण वध मैथिलहरूका लागि उत्सव बन्दै आएको मानिन्छ ।  वर्षौंदेखि विजयादशमीका दिन श्रीरामले असुर रावणको सम्हार गरेको स्मरणमा प्रतिकात्मक रूपमा उत्सव मनाउने परम्परा रहँदै आएको छ । विजयादशमीको दिन साँझको बेला दशानन (दश टाउको भएको) अजङ्को रावण प्रतिमालाई श्रीरामले चलाएको तीरले शिरछेदन गरिएको दृश्य देखाएर उत्सव मनाउने परम्परा गरिएको छ । यस प्रयोजनका लागि दुर्गा मन्दिर परिसरमा अजङ्

    • प्रकाशित मितिः असोज १६, २०८२
    • 567 पटक पढिएको
  • पाँच खर्ब अमेरिकी डलर सम्पत्ति हुने पहिलो व्यक्ति बने इलन मस्क

    काठमाडौं— इलन मस्क पाँच खर्ब अमेरिकी डलर सम्पत्ति हुने इतिहासको पहिलो व्यक्ति बनेका छन्। टेस्ला कम्पनीको शेयरमा भएको उच्च वृद्धिसँगै १ अक्टोबरमा मस्कको सम्पत्ति ५ खर्ब अमेरकी डलर पुगेको रोयर्टसले जनाएको छ।टेस्ला मात्रै नभएर उनको स्पेस एक्स, एक्स एआईसहितको कम्पनीको मूल्य पनि बढेपछि मस्कको नाममा यस्तो इतिहास बनेको हो।मस्कपछि दोस्रो स्थानमा ओरेकल सह(संस्थापक ल्यारी इलिसन छन्। दुवैबीचको सम्पत्ति अन्तर १ खर्ब ५० अर्ब डलर छ। सन् २०२५ मा मात्रै टेस्लाको शेयरमा १४ प्रतिशतले वृद्धि भएको छ। एकैदिन टेस्लाको शेयर ४ प्रतिशतले बढे पछि मस्कको सम्पत्ति ५ खर्ब अमेरिकी डलर पुगेको हो।पछिल्लो पाँच वर्षमा मस्कको स

    • प्रकाशित मितिः असोज १६, २०८२
    • 603 पटक पढिएको
  • दशैं भित्रिए पनि बाजुराका किसान भने बालीनाली भित्र्याउन भ्याइनभ्याई

    बाजुरा— बाजुराका किसान यतिवेला धानबाली भित्र्याउनमा व्यस्त रहेका छन् ।  यहाँका किसानलाई दशैँभन्दा कामको चटारो बढेको हो । असारको महिना लगाएको धानबाली यतिवेला धमाधम काट्ने,चुट्ने काम चलिरहेको छ । यहाँका गाउँबस्तीमा स्थानीय बालीनाली भित्र्याउने,घाँस काट्ने लगायत काममा व्यस्त देखिन्छन् । किसानलाई दसैं भन्दा पनि काम प्यारो बनेको हो । हरेक बर्ष दसैं भन्दा अन्नवाली भित्र्याउन व्यस्त हुने यहाँका किसान यतिवेला पनि बालीनालीमै व्यस्त छन् ।यहाँको त्रिवेणी,बुढिगङ्गा,खप्तड  छेडेदह,गौमुल,बडीमालिका,बुढिनन्दा,स्वामाकार्तिक,हिमाली जगन्नाथका किसानलाई यतिवेला धानसँगै कागुनु, झुमरो, चिनो र फापर काट्

    • प्रकाशित मितिः असोज १६, २०८२
    • 553 पटक पढिएको
  • असोज १८-२० सम्म विशेष सतर्कता अपनाउनु: मौसम विभाग

    काठमाण्डौ  ।  जल तथा मौसम विज्ञान विभागले असोज १८ देखि २० गतेसम्म विशेष सतर्कता अपनाउन अनुरोध छ ।विभागले विशेषगरि वागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बहने स-साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहेको हुँदा मुख्यतः असोज १८-२० सम्म विशेष सतर्कता अपनाउन अनुरोध गरेको हो ।विभागका अनुसार बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणाली भारतको ओडिसाबाट जमिनको भू-भागमा प्रवेश गरी मध्य भारततर्फ क्रमशः सर्ने भएको र सो

    • प्रकाशित मितिः असोज १६, २०८२
    • 378 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.