काठमाडौं । राहदानी खरिद प्रक्रियासँग जोडिएको बहुचर्चित प्रकरणले अब कानुनी मोड लिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तिर्थराज अर्यालसहित १८ जना व्यक्ति तथा संस्थालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाएको छ।अख्तियारले यो प्रकरणमा १० अर्ब १३ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरेको छ, जसले यसलाई पछिल्ला वर्षकै सबैभन्दा ठूलो भ्रष्टाचार मुद्दामध्ये एक बनाएको छ।अनुसन्धानका क्रममा राहदानी छपाइ तथा खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐन, प्रतिस्पर्धा र पारदर्शितासम्बन्धी प्रावधान उल्लंघन भएको निष्कर्ष अख्तियारले निकालेको स्रोतको द
कञ्चनपुर। अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका स्थानीय तहहरूले विद्यालयमा बिदा दिएका छन्।बेदकोट नगरपालिकाले विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै मङ्गलबारदेखि शुक्रबारसम्म चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। मौसम प्रतिकूलताका कारण विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै मङ्गलबारदेखि शुक्रबारसम्म चार दिनका लागि नगरभित्र रहेको सबै विद्यालयमा बिदा गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले बताएका छन् । यस्तै भीमदत्त नगरपालिका ले पनि गर्मी र वर्षे बिदा समायोजन गर्दै असार ८ देखि १९ गतेसम्म विद्यालयमा बिदा घोषणा गरेको छ। पछिल्लो एक सातादेखि कञ्चनपुरसहित तराईका जिल्लामा गर्मी अत्यधिक बढ
रोल्पा। रोल्पाको माडी गाउँपालिका–२ खोलवाङमा सोमबार यात्रुबाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।थवाङबाट घोराहीतर्फ जाँदै गरेको रा.१ ख. ३१०१ नम्बरको बस उकालो चढ्ने क्रममा अचानक ब्रेक फेल भएपछि सडकमा पल्टिएको प्रहरीले जनाएको छ।बसमा चालकसहित २९ जना सवार थिए। दुर्घटनापछि घाइतेहरूको उद्धार गरी घर्तीगाउँस्थित स्मृति अस्पतालमा उपचारका लागि पठाइएको छ। सबै घाइतेको अवस्था सामान्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।समयमै उद्धार गरिएकाले ठूलो मानवीय क्षति टरेको प्रहरीले जनाएको छ।
काठमाडौं। नेपालमा ढिलो गरी भित्रिएको मनसुन विस्तार हुँदै अब गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागसम्म पुगेको छ। कोशीबाट सुरु भएको मनसुनी प्रणाली मधेश र बागमती पार गर्दै पश्चिमतर्फ फैलिन थालेको मौसमविद्ले बताएका छन्।यद्यपि मनसुन अझै पूर्ण रूपमा सक्रिय भने भइसकेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुन कमजोर अवस्थामा छ र देशका बाँकी भूभागमा फैलिन अझै केही दिन लाग्नेछ। अब क्रमशः वर्षाका गतिविधि बढ्ने सम्भावना रहेकाले नदी, पहिरो र डुबान जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।ढिलो गरी आएको मनसुन विस्तार हुँदैछ, अब वर्षाले देशभर आफ्नो प्रभाव बढाउने मौसमविदहरुले बताएका छन् ।&n
काठमाडौं । भारततर्फ हुने नेपाली चियाको निर्यात एक सातादेखि पूर्ण रूपमा रोकिएको छ। भारतको टी बोर्डले लागू गरेको नयाँ निर्देशिकापछि नेपाली चिया भारतीय बजारमा प्रवेश गर्न नपाउँदा चिया उद्योग संकटमा परेका छन्।उद्योगीहरूका अनुसार भारतले प्रयोगशाला परीक्षण अनिवार्य गरेपछि चिया निर्यात प्रक्रिया जटिल बनेको छ। परीक्षणको रिपोर्ट आउन नै करिब १५ दिन लाग्ने भएकाले निर्यात प्रभावित भएको हो। यसको प्रत्यक्ष असर नेपालका १५२ चिया उद्योगमा परेको छ। उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन् भने करिब २ लाख श्रमिकको रोजगारी संकटमा परेको बताइएको छ। अहिले भारतमा पुगिसकेको ३ लाख किलोग्राम नेपाली चिया गोदाममै थन्कि
काठमाडौं। राजधानी काठमाडौं यतिबेला बर्डफ्लुको उच्च जोखिममा छ। संक्रमित कुखुरा नष्ट गर्ने क्रम जारी छ, चिडियाघरमा समेत संक्रमण पुष्टि भएको छ। यद्यपि विज्ञहरू तत्काल आत्तिनुपर्ने अवस्था नरहेको बताउँछन्। तर सावधानी भने अनिवार्य छ। बर्डफ्लुको वर्तमान अवस्था र जोखिम कस्तो छ ? हेरौं यो रिपोर्ट। काठमाडौं उपत्यकामा बर्डफ्लु संक्रमण फैलिँदै गएको छ। पशु सेवा विभागका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका विभिन्न क्षेत्रमा संक्रमण पुष्टि भएको छ भने उपत्यका अहिले बर्डफ्लुको मुख्य प्रभावित क्षेत्र बनेको छ।संक्रमण विशेषगरी पोल्ट्री फार्ममा देखिएको छ। अव्यवस्थित फार्म, जंगली चराको आवतजावत र जैविक
काठमाडौं । कतारको रस लाफ्फान औद्योगिक शहरमा रहेको एक कारखानामा प्राविधिक गडबडीका कारण विस्फोट र आगलागी भएको छ । घटनामा ५४ जना घाइते भएका छन् भने १८ जना बेपत्ता रहेको कतारको गृह मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार, घटनापछि कतार इन्टरनेशनल सर्च एण्ड रेस्क्यु समूह लख्विया तथा सिभिल डिफेन्स टोलीहरू खोज तथा उद्धार कार्यमा निरन्तर खटिएका छन् । घटनापछि सामाजिक सञ्जाल ‘एक्स’ मा सार्वजनिक गरिएको प्रारम्भिक सूचनामा मन्त्रालयले औद्योगिक क्षेत्रमा रहेको कारखानामा प्राविधिक समस्या हुँदा आन्तरिक विस्फोट र आगलागी भएको जनाएको थियो ।पछि गरिएको अद्यावधिक विवरणमा घाइतेको संख्या बढेर ५४ पुगेको पुष्टि गरिएको
हुम्ला— जटिल स्वास्थ्य समस्यासहित सुत्केरी व्यथामा परेकी हुम्लाको नाम्खा गाउँपालिका–१ हेक्काकी २८ वर्षीया सरिता लामालाई नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाएको छ।लामाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि आइतबार बेलुका हुम्ला जिल्ला अस्पतालमा उपचार सम्भव नभएको निष्कर्ष निकालिएको थियो। त्यसपछि जिल्ला प्रशासन कार्यालय हुम्लाको सिफारिसमा उनलाई प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको हो।स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख उमाकान्त तिवारीका अनुसार लामाको रक्तचाप अत्यधिक बढेर १७०/१२० पुगेको थियो। उपचारकै क्रममा उनी बेहोस हुनुका साथै पाँच पटकसम्म झड्का समेत आएको थियो।डा. तिवारीले गर्भम
काठमाडौं— कञ्चनपुरमा सार्वजनिक कार्यक्रममा वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उनलाई आइतबार नियन्त्रणमा लिएर अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि हातपात भएको घटना आइतबार महेन्द्रनगरस्थित एक होटलमा आयोजित कार्यक्रममा भएको थियो। कार्यक्रममा दुवै पक्षबीच विवाद र भनाभन भएपछि स्थिति तनावपूर्ण बनेको बताइएको छ।घटनाको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। भिडियोमा पत्रकार कुँवरले वडाध्यक्ष देवकोटामाथि हातपात गरेको दृश्य देखिएपछि
काठमाडौं— विभिन्न वित्तीय तथा आर्थिक कसुरसम्बन्धी मुद्दामा ठूला व्यवसायीहरू मुछिएपछि नेपाली कर्पोरेट क्षेत्र दबाबमा परेको छ। विवादित व्यवसायी दीपक भट्टसहित प्रभावशाली व्यावसायिक समूहका सञ्चालक र प्रवर्द्धकहरूविरुद्ध अदालतमा मुद्दा दायर भएपछि उनीहरू आबद्ध कम्पनीहरूको एक खर्ब रुपैयाँभन्दा बढीको ऋण तथा लगानी जोखिममा परेको आकलन गरिएको छ।यसैबीच, इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले ती व्यवसायीहरूसँग सम्बन्धित १८ कम्पनीलाई ‘क्रेडिट वाच विथ नेगेटिभ इम्प्लिकेसन्स’ सूचीमा राखेको छ। कानुनी विवादका कारण कम्पनीहरूको व्यवस्थापन, वित्तीय अवस्था, संस्थागत सुशासन र भविष्यको व्यावसायिक स्थायित्वमा असर पर्न सक्ने
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.