समाज

    Showing 1,341-1,350 of 11,012 items.
  • टेम्पो भिरबाट खसालेको घटनामा छानबिन समिति गठन

    काठमाडौं— कैलालीमा अतिक्रमण हटाउने क्रममा एक महिलाको टेम्पो भिरबाट खसालिएको घटनाको छानबिन गर्न सुदूरपश्चिम प्रदेश सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ।मन्त्रीस्तरीय निर्णयअनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा समिति गठन गरेको हो।समितिमा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, वरिष्ठ डिभिजन वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी तथा कानुन अधिकृत विजयराज ओझा सदस्य रहेका छन्।समितिलाई घटनाको सत्यतथ्य अनुसन्धान गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।उ

    • प्रकाशित मितिः असार १, २०८३
    • 400 पटक पढिएको
  • नेप्से प्रि–ओपनमै सामान्य गिरावट, परिसूचक ३.६० अंकले ओरालो

    काठमाडौं— साताको पहिलो कारोबार दिन सोमबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक ३.६० अंकले घटेर २,७२०.४३ विन्दुमा पुगेको छ।यस अवधिमा ५८ वटा कम्पनीका ३३ हजार ९७ कित्ता सेयर खरिदबिक्री हुँदा कुल २१ करोड ७ लाख ७८ हजार ३१३ रुपैयाँ बराबरको कारोबार भएको छ।प्रि–ओपन कारोबारमा सहभागी स्टकमध्ये २३ कम्पनीको सेयर मूल्य बढेको, ३१ कम्पनीको मूल्य घटेको तथा ४ कम्पनीको मूल्य स्थिर रहेको देखिएको छ।यसले साताको सुरुवातमै बजारमा सामान्य दबाब देखिएको संकेत गरेको छ।

    • प्रकाशित मितिः असार १, २०८३
    • 513 पटक पढिएको
  • छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, प्रहरी अनुसन्धान सुरु

    बैतडी— बैतडीको दशरथचन्द नगरपालिका–६ स्थित कालिका माध्यमिक विद्यालयका एक शिक्षकमाथि कक्षा १० मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। घटना सार्वजनिक भएपछि विद्यालयले आरोपित शिक्षकलाई सेवाबाट बर्खास्त गरेको छ भने प्रहरीले अनुसन्धान अघि बढाएको छ।पीडित पक्षका अनुसार राहत दरबन्दीमा कार्यरत शिक्षक नरेशबहादुर चन्दले जेठ २२ गते कक्षाकोठामा छात्रा एक्लै रहेको बेला अनुचित व्यवहार गरेका थिए। त्यसपछि छात्राले परिवारलाई जानकारी गराएपछि घटना बाहिरिएको बताइएको छ।घटनापछि विद्यालय प्रशासन, स्थानीय सरोकारवाला र अन्य पक्षबीच छलफल भएको थियो। छलफलका क्रममा आरोपित शिक्षकमाथि यसअघि पनि यस्तै प्रकृ

    • प्रकाशित मितिः असार १, २०८३
    • 520 पटक पढिएको
  • भ्रामक एसएमएसबाट सचेत रहन टेलिकमको आग्रह, ओटीपी र पासवर्ड कसैलाई नदिन चेतावनी

    काठमाडौं— नेपाल टेलिकमले आफ्नो एसएमएस सेवाको दुरुपयोग गर्दै कनेक्ट आइपिएस् तथा विभिन्न बैंक र डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक सन्देश पठाउने गतिविधि बढिरहेको भन्दै ग्राहकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।कम्पनीका अनुसार ‘खाता निलम्बन भएको’, ‘सेवा अस्थायी रूपमा बन्द भएको’ वा ‘प्राविधिक समस्या देखिएको’ जस्ता भ्रामक सूचना पठाएर प्रयोगकर्तालाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गराउने प्रयास भइरहेको पाइएको छ।टेलिकमले यस्ता एसएमएस, फोन कल वा अपरिचित लिंकप्रति सचेत रहन तथा कुनै पनि लिंक प्रयोग गर्नुअघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एपमार्फत जानकारी पुष्टि गर्न आग्रह गरेको छ।

    • प्रकाशित मितिः असार १, २०८३
    • 428 पटक पढिएको
  • सुनको मूल्य ५ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढेको हो ।हिजो २ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९८ हजार २ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १२० रुपैयाँले बढेर ५०१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः असार १, २०८३
    • 439 पटक पढिएको
  • एकै दिन २ हजारभन्दा बढी चालक कारबाहीमा, ट्राफिकले उठायो साढे १० लाखभन्दा बढी राजस्व

    काठमाडौं— काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार २५ जना सवारीचालकलाई एकै दिन कारबाही गरिएको छ। उक्त कारबाहीबाट राज्यकोषमा रु १० लाख ४८ हजार ५०० राजस्व संकलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।ट्राफिक प्रहरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १०० जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १०७ जना, ट्राफिक बत्ती उल्लङ्घन गर्ने १३६ जना र तीव्र गतिमा सवारी चलाउने १६५ जनामाथि कारबाही गरिएको हो।यस्तै, लेन अनुशासन उल्लङ्घन गर्ने ५८ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १०९ जना, सडक पेटीमा पार्किङ गर्ने १०५ जना, एकतर्फ

    • प्रकाशित मितिः असार १, २०८३
    • 382 पटक पढिएको
  • दार्चुलामा अनुमतिविनै भारतीय सैनिक हेलिकोप्टरको उडान, घटनाबारे छानबिन हुँदै

    दार्चुला— दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु क्षेत्रको नेपाली आकाशमा भारतीय सैनिक हेलिकोप्टरले नेपाल सरकारको अनुमति बिना उडान गरेको घटना सार्वजनिक भएको छ।जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार जेठ २७ गते बिहान भारतको इन्डो–टिबटेन बोर्डर पुलिस (आईटीबीपी)का प्रमुख शत्रुजीतसिंह कपूर सवार हेलिकोप्टर छाङरु हुँदै कालापानीतर्फ गएको थियो।सशस्त्र प्रहरी बलबाट प्राप्त सूचनापछि जिल्ला प्रशासनले घटनाबारे गृह मन्त्रालयलाई जानकारी गराएको जनाएको छ। प्रशासनका अनुसार उक्त हेलिकोप्टरले नेपाली पक्षबाट आवश्यक अनुमति नलिई उडान गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।घटनाको विस्तृत विवरण संकलन गरी सोमबार गृह मन

    • प्रकाशित मितिः असार १, २०८३
    • 451 पटक पढिएको
  • पार्टीभित्र प्रचण्ड–माधवविरुद्ध असन्तुष्टि, मार्ग प्रशस्त गर्न दबाब

    काठमाडौं— नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र नेतृत्व, कार्यविभाजन र वैचारिक दिशालाई लिएर असन्तुष्टि बढ्दै गएको छ ।वरिष्ठ नेता झलनाथ खनालले वर्तमान नेतृत्वबाट वामपन्थी आन्दोलनको पुनर्गठन सम्भव नभएको भन्दै संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले मार्गप्रशस्त गर्नुपर्ने बताएका छन् ।खनालले पार्टीभित्र वैचारिक अस्पष्टता, संगठनात्मक संकट र कार्यकर्तामा बढ्दो निराशाका कारण पार्टी विघटनको दिशातर्फ उन्मुख भएको चेतावनी दिएका छन् ।उनले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दै तत्काल केन्द्रीय समिति बैठक बोलाएर गम्भीर समीक्षा गर्नुपर्ने माग गरेका छन् ।पार्टी एकतापछि जिम्मेवारी बाँडफ

    • प्रकाशित मितिः असार १, २०८३
    • 423 पटक पढिएको
  • काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि फर्काइयो

    काठमाडौं— काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको छ ।सोमबार बिहान करिब ७ः०५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जनकपुरका लागि उडेको बुद्ध एयरको उडानमा ल्यान्डिङ गियरसँग सम्बन्धित समस्या देखिएपछि जहाजलाई बीचबाटै काठमाडौं नै फर्काइएको हो।प्राविधिक समस्या देखिएपछि जहाजलाई आपत्कालीन अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सञ्जय कुमारले जहाजमा समस्या देखिएपछि काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको र अवस्था सामान्य रहेको जानकारी दिए। उनका अनुसार जहाजका सबै यात

    • प्रकाशित मितिः असार १, २०८३
    • 431 पटक पढिएको
  • आज सातै प्रदेशको बजेट सार्वजनिक गरिँदै

    काठमाडौं— आज सातै प्रदेश सरकारले आफ्नो आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछन् ।आज बस्ने सम्बन्धित प्रदेश सभा बैठकहरूमा आर्थिक मामिला तथा योजना मन्त्रीहरूले नयाँ आर्थिक वर्षका लागि आयव्ययको विवरण प्रस्तुत गर्न लागेका हुन् ।संवैधानिक तथा कानुनी व्यवस्था अनुसार प्रत्येक वर्षको असार १ गतेभित्रै प्रदेश सरकारहरूले आफ्नो वार्षिक बजेट ल्याउनुपर्ने अनिवार्य प्रावधान छ। सोही नियमलाई पछ्याउँदै आज सातै वटा प्रदेशले बजेट ल्याउन लागेका हुन् ।यसअघि नै सबै प्रदेश सरकारहरूको नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भइसकेको छ ।आज दिउँसो १ बजे मधेश प्रदेशले बजेट प्रस्तुत गर्नेछ । त्यसैगरी, कर्णाली प्

    • प्रकाशित मितिः असार १, २०८३
    • 415 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.