समाज

    Showing 5,571-5,580 of 6,767 items.
  • जग्गाको वर्गीकरण तत्काल गर्न मन्त्रालयको सुझाव

    झापा । स्थानीय तहलाई जग्गाको वर्गीकरण तत्काल गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सुझाव दिएको छ । स्थानीय तहले जग्गाको वर्गीकरण नगरेका कारण जग्गा बेचबिखन लगायतका कारोबार र हक हस्तान्तरण हुन नसकिरहेका वेला मन्त्रालयले यस्तो सुझाव  दिएको हो ।मन्त्रालयले मालपोत र नापी कार्यालयमार्फत स्थानीय तहलाई जग्गाको वर्गीकरणका लागि प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । भूमि व्यवस्थापनलाई समयमै योजनाबद्ध ढंगबाट अघि बढाउन नसकिएका कारण भौतिक पूर्वाधार अव्यवस्थित हुनका साथै खेतीयोग्य जमिन नष्ट भएको मन्त्रालयले जनाएको छ । देशका उर्वर भूमिमा अन्न र तरकारीको साटो धमाधम घर बन्न थालेपछि सरका

    • प्रकाशित मितिः माघ २५, २०७९
    • 260 पटक पढिएको
  • कारागारको अवस्था चित्त बुझ्दो छैन - प्रचण्ड

    झापा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिरासत, कारागार र बालसुधार गृहमा रहेका व्यक्तिको मानव अधिकारको अवस्था सन्तोसजनक नरहेको बताएका छन् । सोमबार महान्यायाधिवक्ताको कार्यालय अवलोकन गर्न पुगेका उनले यस्तो बताएका हुन् ।प्रधानमन्त्री दाहालले नेपालका कारागार, बालसुधार गृह र हिरासतको स्तरोन्नती र सेवासुविधा वृद्धि गर्नु नेपाल सरकारको प्राथमिकता रहेको बताए । उनले अनुसन्धानलाई अझ बढी वस्तुगत, वैज्ञानिक, प्रमाणमा आधारित बनाई त्यस्ता प्रमाणका आधारमा अभियोजन र प्रभावकारी प्रतिरक्षाका लागि विधि विज्ञान प्रयोगशालाको विस्तार र विकास गर्न आवश्यक रहेको पनि प्रस्ट्याए ।उनले कसुरको अनुसन्धान, अभियोजन र

    • प्रकाशित मितिः माघ २३, २०७९
    • 288 पटक पढिएको
  • “लामिछानेको अभिव्यक्ति आपत्तिजनक”

    झापा । नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चार क्षेत्रप्रति दिएको अभिव्यक्ति आपत्तिजनक र अशोभनीय भएको बताएको छ ।आइतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि आयोजित पत्रकार सम्मेलनमा लामिछानेले सञ्चार माध्यम, तिनका सञ्चालक र पत्रकारबारे टिप्पणी गरेका थिए । रविले आधारहीन र पूर्वाग्रही आरोप लगाएर धम्कीपूणर् अभिव्यक्ति दिएको भन्दै महासंघले विरोध जनाएको हो ।सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित सामग्रीप्रति चित्त नबुझे प्रचलित विधि र पद्धतिअनुसार अघि बढ्न सकिने प्रावधान हुँदा हुँदै धम्कीपूणर् शैलीमा प्रस्तुत हुनु आपत्तिजनक र अशोभनीय भएको मह

    • प्रकाशित मितिः माघ २३, २०७९
    • 261 पटक पढिएको
  • बीमा जवरजस्त हुँदैन

    बिर्तामोड । संसद भवन अगाडी आत्मदाह गरेर चर्चामा आएका प्रेमप्रसाद आचार्यले आफुले एक करोडको बीमा गरेको भनी गरेको दावी गलत साबित भएको छ । उनले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनिमा ५० लाख रुपैयाँको धनन्जय जीवन बीमा पोलिसी खरिद गरेको खुलेपछि उनको दावी गलत सावित भएको हो ।आत्मदाह गर्नु अगाडी आफुले बीमा गरेको शाखा कार्यालयमा आत्महत्या पछि मृत्यु दाबी पाइन्छ कि पाइदैन भनेर उनले सोधेका थिए । आचार्यले आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेको सुसाइड नोटमा सन नेपाल लाइफमा बीमा गर्दा बिर्तामोड शाखा कार्यालयका कर्मचारीले आफुलाई जवरजस्ती बीमा गरिदिएको उल्लेख गरेका छन् । उनले जवरजस्ती एक करोडको बीमा गराएर ४/५ लाख रु

    • प्रकाशित मितिः माघ २३, २०७९
    • 312 पटक पढिएको
  • नागरिक उन्मुक्ति पार्टिको लम्किमा प्रदर्शन

    प्रदेश ब्युरो ।  पक्राउ परेका सांसद अरुण चौधरीलाई रिहाइ गर्नुपर्ने माग गर्दै नागरिक उन्मुक्ति पार्टीले कैलाली क्षेत्र नं. २ को लम्कीमा प्रदर्शन गरेको छ।  बिहीबार बाँकेबाट पक्राउ परेका सांसद चौधरी आजै कारागार चलान भएका छन्। उनको निशर्त रिहाई गर्नुपर्ने माग गर्दै उन्मुक्तिले लम्की बजारमा राँके जुलुस निकालेको हो। र्‍यालीपछि आयोजित कोण सभालाई पार्टीका प्रवक्ता दामोदर पण्डित, प्रदेश सांसद रामेस्वर चौधरीलगायतले सम्बोधन गरेका छन्। चौधरीलाई रिहाइ नगरे थप आन्दोलन गर्ने उक्त पार्टीले चेतावनी दिएको छ। यसअघि उक्त पार्टीले अरुण चौधरीलाई रिहा गर्न सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको थियो।सांसद

    • प्रकाशित मितिः माघ २०, २०७९
    • 247 पटक पढिएको
  • टुकुचा खोला उत्खनन रोक्न उच्च अदालतको आदेश

    झापा । काठमाडौं महानगरपालिकाले गरिरहेको टुकुचा खोला उत्खनन रोक्न अदालतले अन्तरिम आदेश दिएको छ । उच्च अदालत पाटनले बुधबार टुकुचा खोला नभत्काउन अन्तरिम आदेश जारी गरेको हो ।न्यायाधीश महेश शर्मा पौडेल र राज्यलक्ष्मी बज्राचार्यको संयुक्त इजलासले काठमाडौं महानगरपालिकाले सुरु गरेको टुकुचा खोला उत्खनन गैरकानुनी भएको ठहर गरेको हो ।काठमाडौं महानगरपालिकाले १३० वर्षअघि भूमिगत गरिएको टुकुचा खोला उत्खनन गर्न सुरु गरेको थियो । हात्तिसार क्षेत्रका शारदा मानन्धर, किरण प्रकाश शाखसहित २१ घरधनीले महानगरले आफ्नो घरजग्गामा डोजर चलाउन थालेपछि त्यसलाई रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट दिएका थिए।

    • प्रकाशित मितिः माघ १८, २०७९
    • 113 पटक पढिएको
  • सहिद दिवसमा प्रधानमन्त्रीको सन्देस, सहिदको सपना पूरा गर्न हातेमालो गर्न आह्वान

    झापा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ सङ्कल्पित उल्लेख गर्दै उनले सहिदका सपना पूरा गर्न आह्वान गरेका हुन् । सहिद दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले जीवनपर्यन्त आफ्नो सम्पूर्ण तागत देश र जनताको हितका खातिर समर्पित गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । “सहिदहरूले देखाएको बाटोमा शब्दमा मात्र होइन, कर्ममा समेत अनवरत रूपमा लामबद्ध हुन, उहाँहरूको त्याग र प्रेरणा राष्ट्र र जनताको विकास एवं समृद्धिका लागि खर्च

    • प्रकाशित मितिः माघ १६, २०७९
    • 204 पटक पढिएको
  • रवि लामिछानेको पक्षमा काठमाडौंको माइतीघर - बानेस्वरमा प्रदर्शन

    झापा । रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा शनिबार काठमाडौंमा प्रदर्शन भएको छ । युवाहरुको एक समूहले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले रवि लामिछानेलाई सुनियोजित रुपमा फसाइएको आरोप लगाएका छन् । शुक्रबार सर्वोच्च अदालतले रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता सक्रिय गराउन कानुनले तोकेको प्रक्रिया पूरा नगरेको भन्दै उनको सांसद पद खारेज हुने फैसला गरेको थियो ।

    • प्रकाशित मितिः माघ १४, २०७९
    • 302 पटक पढिएको
  • मन्त्री सुधन किरातीको दानपेटिकामा जम्मा भयो, छ लाख चार सय चौतिस रुपैया

    सस्कृती पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयमा मन्त्रीको पध्भार ग्रहण गरे लगत्तै सुधन किरातीले बधाइ दिन आउनेनागरिक सुभचिन्तकलाइ खादाको सट्टा दान पेटिका राखेका थिए। आम जनताको लागि केही राम्रो कार्य गने॔ उदेस्यले मन्त्री सुधन किरातीले  बधाई दिन आउने मानुभाबहरूबाट खादा र माला लिनको सट्टा दानको योगदान गर्न दान पेटिका राखेका थिए । बिदा बाहेक सात दिनमा दान पेटिकामा संकलित रकम ,मन्त्रीको एक महिना र सचिवालयको १५ दिनको सुविधा समेत गरी  रू ६ लाख  ४ सय ३४ जम्मा भयो ।  दान पेटिका राख्ने कार्य माघ १३ गते देखिनै बन्द गरिएको छ । यस अभियामा सहभागी सबैमा धन्यवाद  ब्यक्त गर्नु भएको छ मन्

    • प्रकाशित मितिः माघ १४, २०७९
    • 356 पटक पढिएको
  • बानेश्वरमा सुकुम्बासीहरुले गरे प्रदर्शन

    गुप्तचर ब्युरो । सुकुम्बासीहरूले आफूहरुको उचित व्यवस्थापनको माग गर्दै नयाँ बानेश्वरमा धर्ना दिएका छन् । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको नेतृत्वमा बानेश्वर क्षेत्रमा धर्ना दिइएको हो ।भूमि अभियन्तामाथिको झुठो जाहेरी निशर्त फिर्ता गरियोस्, भू-स्वामित्वसहित स्थायी विकल्प बिनाको उठिबास बन्द गर्नुपर्ने, भूमि ऐन बमोजिम लालपुर्जा वितरण गर्नुपर्ने उनीहरू माग छन । संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाको आह्वानमा उनीहरू सडकमा उत्रिएका हुन् ।

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 290 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा