समाचार

    Showing 10,511-10,520 of 26,676 items.
  • ललितपुर महानगरद्वारा १५ लाख बराबरको सुरक्षा सामग्री हस्तान्तरण

    काठमाडौं— ललितपुर महानगरपालिकाकाले तीन वटा सुरक्षा निकायलाई १५ लाख बराबरको सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ । शनिबार महानगरले नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई दमकल, डुङगा, लाइभ ज्याकेट, हेलमेट, हाइनामिक रो, फुल बडी हार्नेसलगायतका उद्दारका सामाग्रीहरु हस्तान्तरण गरेको हो ।  सामग्री हस्तान्तरण गर्दै महानगर प्रमुख चिरिबाबु महर्जनले गत वर्षको बाढीबाट शिक्षा लिई यस पटक पानीजन्य विपद्बाट जोगिन आफूहरु पूर्णरुपमा तयार रहेको बताए । उनले भने, ‘गत वर्षको घटनालाई मध्यनजर गरेर चारवटा डुङगा खरिद गर्यौं । डुङगा खरिद मात्र गरेको होइन त्यसका लागि तालिम पनि लिएका हौं । सोही ब

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 687 पटक पढिएको
  • अपडेट: तमोर दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो, ६ जनाको उद्धार

    पाँचथर— तमोर नदीमा जिप खसेर भएको दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ६ पुगेको छ ।पाँचथरको कुम्मायक– ३ कात्तिके भन्ने ठाँउबाट आज बिहान तमोर नदीमा जिप खसेको थियो । सो दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ६ पुगेको प्रहरीले जनाएको छ ।अन्य ६ जना घाइते भएका छन्, उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ । 

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 588 पटक पढिएको
  • तुइनखोलामा ढुंगा खस्न थालेपछि नारायणगढ–मुग्लिन सडक बन्द, चितवनका १४ स्थानमा रोकिए सवारीसाधन

    चितवन— लगातारको वर्षासँगै तुइनखोलामा माथिबाट ढुंगा खस्न थालेपछि नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रूपमा बन्द भएको छ। सडक अवरुद्ध भएपछि चितवनका विभिन्न १४ स्थानमा सवारीसाधन रोकिएका छन्।शनिबार विहानबाटै तुइनखोलामा ढुंगा खस्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सुरक्षाको दृष्टिकोणले सडकमा सवारी आवागमन तत्कालका लागि पूर्णरूपमा रोकिएको छ।नारायणगढदेखि मुग्लिनसम्मको खण्डमा यात्रा गरिरहेका सयौं सवारीसाधन चितवनका विभिन्न स्थानहरूमा रोकिएका प्रहरीको भनाइ छ । लगातार झरीका कारण पहिरोको जोखिम बढेको भन्दै अत्यावश्यक बाहेकका सवारीसाधनहरूलाई यात्रा नगर्न समेत अनुरोध गरिएको छ।सडक खुलाउने प्रयास सुरु

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 599 पटक पढिएको
  • अपडेट: पाँचथर जिप दुर्घटना : ५ जनाको मृत्यु, ६ जना घाइते

    फिदिम । धरानबाट पाँचथरको फिदिम जाँदै गरेको बोलेरो जिप तमोर कोरिडोरको कात्तिके भन्ने स्थानमा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ। र ६ जना घाइते भएका छन्।बोलेरो जिपमा कुल १२ जना यात्रु रहेकामा ५ जनाको घटनास्थलमै मृत्यु भएको र ६ जना घाइते भएका छन् अरु १ जनाको खोजी भइरहेको छ। बोलेरो सडकबाट झन्डै पाँच सय मिटर तल खसेको जनाइएको छ ।घाइते भएकामध्ये ५ जनालाई धरान र १ जनालाई फिदिममा उपचारका लागि पठाइएको पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेलले बताएका छन ।अहिले स्थानीय, प्रमुख जिल्ला अधिकारी पोखरेल, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगी उद्धारको काम गरिरहेक

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 630 पटक पढिएको
  • बस दुर्घटना, सात जना घाइते

    कैलाली । कैलालीको धनगढीमा पोखराका लागि छुटेको ना २ ख १९०७ नम्बरको यात्रुवहाक बस धनगढीको बोराडाँडीमा दुर्घटनामा परेको छ।पैदलयात्रुलाई जोगाउने क्रममा अनियन्त्रित भएर बस दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहले बताए।बसमा १९ जना सवार रहेकोमा सात जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ।

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 380 पटक पढिएको
  • गाडी दुर्घटनाको उद्धारका लागि नेपाली सेनाको टोली घटनास्थलतर्फ

    फिदिम । फिदिम नजिक तमोर नदी किनारमा भएको सवारी दुर्घटनाको उद्धारका लागि नेपाली सेनाको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ।दुर्घटनाको खबर प्राप्त भएपछि फिदिमस्थित नेपाली सेनाको टोली तत्काल उद्धारका लागि गएको प्रहरीले जनाएको छ। घटनास्थल फिदिम बजारबाट करिब २० किलोमिटर टाढा रहेको बताइएको छ।प्रत्यक्षदर्शीका अनुसार गाडी करिब पाँच सय मिटर तल खसेको थियो । पानी परिरहेको र उद्धारका लागि स्थानीय बासिन्दा पनि घटनास्थलतर्फ गइरहेको जनाइएको छ । पाँचथरका डिएसपी अनिश कुमार कर्णका अनुसार दुर्घटना स्थलतर्फ प्रहरीको टोली खटिई सकिएको छ ।

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 210 पटक पढिएको
  • बाढीपहिरोको जोखिमबाट सचेत रहन मानव अधिकार आयोगको आग्रह

    काठमाडौं— राष्ट्रिय मानव अधिकार आयोगले वर्षा यामसँगै बढ्न सक्ने बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै नागरिकलाई सजग रहन आग्रह गरेको छ।शुक्रवार एक विज्ञप्ति जारी गर्दै आयोगले प्राकृतिक विपद्को पूर्वतयारीलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउँदै, विपद् घट्नुअघि नै जनसाधारणमा जानकारी पुर्‍याउने, जोखिममा रहेका व्यक्तिहरूको पहिचान र उद्धार गर्ने कार्य राज्यको दायित्व भएको स्पष्ट पारेको छ।आयोगले विपद् व्यवस्थापनमा सरकार मात्र नभई सबै पक्षको सहकार्य अपरिहार्य भएको बताउँदै राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज, सञ्चारमाध्यम, युवा वर्ग तथा विभिन्न संघ-संस्थाहरूलाई उद्धार र पूर्वतयारीमा सक्रिय

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 665 पटक पढिएको
  • पहिरो खसेका कारण नागढुङ्गा चेकपोष्टबाट फर्काइए २५० सवारी साधन

    काठमाडौं— खराब मौसम र बाटोको अवस्था हेरेर ट्राफिक प्रहरीले नागढुङ्गा चेकपोष्टबाट बाहिरिन लागेका २५० सवारी साधनलाई काठमााडौंतर्फ नै फर्काएको छ।धादिङमा पहिरो खसेको तथा तत्काल खुलाउन सक्ने अवस्था नरहेकाले २५० भन्दा बढी सवारी साधनलाई काठमाडौं फर्काइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले जानकारी दिए।आज बिहानदेखि नै नागढुङ्गा–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेकाले यात्रा नगर्न अनुरोध गर्दै ट्राफिक प्रहरीले ‘माइकिङ’ गरिरहेको उनले बताए।

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 519 पटक पढिएको
  • शनिबारसाँझदेखि आइतबार बिहानसम्म भारी वर्षाको सम्भावना

    काठमाडौं— जल तथा मौसम विज्ञान विभागले आज साँझ ८ देखि आइतबार बिहान ८ बजेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङले मनसुनको अवस्था र पूर्वतयारी सम्बन्धमा सरोकारवालासँग गरेको छलफलमा विभागका महानिर्देशक कमलराम जोशीले अति भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहनुपर्ने बताएका हुन् ।जोशीले विशेषगरी यस अवधिमा बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै ती क्षेत्रका नदी आसपासका क्षेत्रमा बसोबास गर्ने

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 677 पटक पढिएको
  • सिन्धुलीको मूलकोटमा ईभी गाडी दुर्घटना, केही घाइते

    सिन्धुली— जिल्लाको मरिण गाउँपालिका अन्तर्गत मूलकोट क्षेत्रमा एक ईभी (इलेक्ट्रिक) गाडी दुर्घटना भएको छ।उक्त गाडी काठमाडौंबाट पूर्वतर्फ गइरहेको क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनाको कारण हालसम्म खुलाइएको छैन।दुर्घटनामा केही यात्रु घाइते भएको प्रहरीले जनाएको छ। उनीहरूको उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको छ। तर हालसम्म दुर्घटनाबाट भएको क्षतिको यकिन विवरण भने सार्वजनिक गरिएको छैन।दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 466 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.