झापा  ।   नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, सम्मानीत नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, उपाध्यक्ष घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुषाल, उपमहासचिव जग्गनाथ खतिवडा, पोलिटब्युरो सदस्य धर्म निरौला लगायतका नेताहरु शुक्रबार आज झापा आउदै छन् ।


एकीकृत समाजवादी जिल्ला कमिटी झापाले शुक्रबार र शनिबार चैत १७ र १८ गते भद्रपुरस्थित चन्द्रगढीमा आयोजना गरेको संगठन सुदृढीकरण तथा परिचालन अभियानको क्रममा पार्टीका अध्यक्ष नेपाल र अन्य नेताहरु शुक्रबार झापा  आउदै छन ।


शुक्रबार, पार्टी अध्यक्ष नेपालले भब्य समारोहबीच अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । सो प्रशिक्षण कार्यक्रमको समापन शनिबार हुने भएको छ ।


 अध्यक्ष नेपाल सहित अन्य नेताहरुले विभिन्न पार्टी परित्याग गर्दै एकीकृत समाजवादीमा प्रवेश गराउने कार्यक्रम तय भएको छ ।


एकीकृत समाजवादी झापाका सचिव भट्टराईका अनुसार झापाका अगुवा कार्यकर्ताहरुलाई लक्षित गरेर प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।


पार्टी संगठनलाई मजबुद र गतिशिल बनाउदै नेपालमा कम्युनिष्ट आन्दोलनलाई सार्थकता पुर्याउन एकीकृत समाजवादीको अभियानमा रुपान्तरण गर्न कार्यक्रमले सहयोग पुग्ने सचिव भट्टराईले बताए ।


एकीकृत समाजवादीको हालै सम्पन्न जिल्ला कमिटीेका बैठकले आगामी जेठ मसान्तभित्र जिल्ला अधिवेशन गर्ने र त्यसअघि जिल्लाको सवै पालिका स्तरीय कमिटीको अधिवेशन सम्पन्न गर्ने निर्णयका साथ मातहतका कमिटीहरुलाई सर्कुलर जारी गरिसकेको जिल्ला कमिटी अध्यक्ष बेदराज रेग्मीले जानकारी दिए ।


केही साता अधि मात्रै एमालेबाट प्रभाबशाली नेता डम्बर गिरि नेकपा एकिकृत समाजबादिमा प्रबेस गरेका छन।


पछिल्लो समय झापा लगायत देशभरी नेकपा एकीकृत समाववादीको अभियानमा सहभागि हुन र नेपाली कम्युनिष्ट आन्दोलनलाई थप उचाईमा पुर्याउन एमालेसहित अन्य विभिन्न राजनीतिक पार्टीबाट दैनिक ठूलो संख्यामा नेता–कार्यकर्ताहरु आउने क्रम निरन्तर जारी रहेको अध्यक्ष रेग्मीले बताएका छन ।


अध्यक्ष रेग्मीका अनुसार नेकपा एकीकृत समाजवादी झापाले एक वार्ड–एक सय संगठित सदस्य निर्माण गर्ने अभियान सञ्चालन भइरहेको छ ।


पार्टी सदस्यहरुको अभिलेखिकरण गर्न सदस्यता नविकरण र सदस्यता विस्तारका निम्ति नयाँ सदस्यता वितरण भइरहेको छ ।